हाँस्यव्यङ्ग्य एवं लोकदोहोरी कलाकार रवि कार्कीको लोकदोहोरी ‘मायाँ के रैछ’ बोलको गीत बजारमा आएको छ । विगतका दिनहरुको सम्झनामा असफल प्रेममा आधारित गीत शुक्रबार युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

प्रेम र गाउँले परिवेशमा मार्मिक कथालाइ बुनेर सार्वजनिक भएको गीतको सर्जक प्रविण खत्रीले शब्द, लय तथा स्बर रवि कार्की र चर्चित गायिका देवी घर्ती, एरेन्ज हेमन्त कान्छा रसाईलीको रहेको छ।  त्यस्तै गीतमा गंगा मिलन कँडेल, रवि कार्की, जुना गुरुङ, सञ्जन बोहोरा, जनिता खत्री र नारायण बास्तोला लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

गायक कार्कीले म्यूजिक भिडियोले यूवापूस्तालाई समेत आर्कषित गर्ने बताए । ‘रिजिल भएको सुरुवातमै राम्रो प्रतिक्रिया आएको छ,‘सुझाव अनुसार आगामी दिनमा अझै राम्रो गर्छु’उनले भने । गीतको भिडियोलाई गणेश सापकोटाको छायाँकन र प्रकाश धमालाले सम्पादन गरेका छन् ।

गीतको भिडियोले एउटासँगको प्रेम असफल भएपछि पीडामा यूवा र यूवतीको भूमिकालाई मुख्य आर्कषक बनाइएको छ। म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरका कार्कीको यसअगाडी पञ्चेबाजाको लोकदोहोरी गीति एल्बम ‘बेनीबजारमा झर मायालु’ र ‘जाम सुस्तै’ भन्ने गितले लोकप्रिय भएको थियो ।

 

Leave a Reply