म्याग्दीको सदरमुकाम बेनीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फेरि बढ्न थालेका छन् । कोरोना संक्रमतिको सम्पर्कमा रहेका सुरक्षाकर्मी, निजामति कर्मचारी र परिवारका सदस्य गरी शुक्रबार बेनीबजार भित्रका ९ जनामा कोरोना पुष्टी भएको हो ।

क्षयरोग उपचार केन्द पोखरामा गरिएको पिसिआर परीक्षणमाजिल्ला प्रहरी कार्यालय म्याग्दी, जिल्ला प्रशासन, बेनी नगरपालिकाका कर्मचारी सहित ९ जनामध्ये अधिकांसमा कोरोनाको लक्षण देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

‘कोरोनाको जोखिम अझै टरेको छैन्,‘भिडभाड हुने कार्यालयका कर्मचारीमा कोरोना पुष्टीले थप सर्तकता आवश्यक छ’ प्रमुख लम्सालले भने ।

गत मंसिर १६ गते संक्रमतिको प्रत्यक्ष सम्पर्कमा रहेका र शंकास्पद विरामी गरी १४ जनाको नमुना संकलन गरी गरिएको पिसिआरमा गुल्मी, तनहुँ र रुपन्देही स्थायी ठेगाना भई हाल बेनी बजार बस्ने वर्ष ३४, ३२ र ३४ का ३ जना पुरुष, बागलुङ ठेगाना भई हाल बेनी बजार बस्ने वर्ष ४४ का १ जना पुरुष तथा बेनी ७ बस्ने वर्ष ४०, १०, ३२ र ४८ का ४ जना पुरुष तथा बेनी १ का वर्ष ३० का १ जना पुरुष गरी जम्मा ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

१० बर्षिय संक्रमति बालक बेनी नगरपालिकाका कर्मचारीका छोरा हुन् । म्याग्दीमा रहेका सक्रिय २१ संक्रमति मध्ये ५ जना अन्नपूर्ण गाउँपालिका भित्रका रहेका छन भने बाँकी १६ जना बेनी नगरपालिका भित्रका हुन् । म्याग्दी जिल्लामा कोरोना संक्रमितको संख्या १५४ पुगेको छ ।

म्याग्दीको सदरमुकाम बेनीमा कोरोना प्रभावित क्षेत्रबाट आउनेले जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने, आवतजावत गर्ने गरेको अवस्थामा थप जोखिम बढेको बेनी अस्पतालका चिकित्सकको भनाई छ । लक्षण सहितका संक्रमतिमा देखिएको समस्याले थप सर्तकता आवश्यकता रहेको बताउँदै दिर्घरोगीलाई उच्च सर्तकता अपनाउन समेत चिकित्सकले अपिल गरेका छन् ।

 

Leave a Reply