मन मान्दैन एकै छिन छोड्नलाई हतार भा छ सम्बन्ध जोड्नलाई पालुवालाई गॉउ तिर च्याउला भनिन्छ, घरकाले हात दिए मायालुले साथ दिए यसपालिको लगनमा बेहुला बनिन्छ यी हरफ “बेहुला बनिन्छ” मौलिक पञ्चेबाजा गीतमा समावेश भएका हुन।

लगनको महिना लक्षित गरेर सुरज अर्याल र राम प्रसाद बस्याल को संयुक्त प्रस्तुतिमा Baba Entertainment Tv युट्युब च्यानल मार्फत भिडियो बजारमा आएको छ। आफ्नी प्रेमिकाले मन नफेर्दिए र घरकाले प्रेमिकासङ घरजम गर्न अनुमति दिए बेहुला बन्ने अपेक्षाकृत कथा गीतले बोकेको छ ।

आकर्षक शैलीमा प्रस्तुत गरिएको गीतका रचनाकार तथा सङ्गीतकार राजु थापा मगर हुन भने राम प्रसाद बस्याल र प्रतिमा अर्याले ती सुन्दर शब्दमा जादुमयी आवाज दिएका छन् ।  चर्चित निर्देशक कुमार केसीले कलात्मक रूपमा गीतलाई पर्दामा उतारेका छन् । इन्द्र जिसीले संगीत संयोजन गरेको गीतमा सुरज अर्याल र हिरा केसीको जीवन्त अभिनय हेर्न सकिन्छ । अधिनायक शेरचनले सम्पादन गरेको भिडियो अजय रेग्मीले खिचेका हुन भने मञ्जुश्री फिल्मसले पोस्ट प्रोडक्सन गरेको हो ।

Leave a Reply