सामाजिक अभियान्त सपना रोका मगरले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर बेवारिसे र बेसहाराको उचित संरक्षण र ब्यवस्थापनमा सरकारले उपस्थिती देखाएर प्रभावकारी योजना ल्याउन माग गरेकी छन् । काठमाण्डौ लगायत देशका विभिन्न अस्पतालका शबगृह भित्र रहेका शबको दाहसंस्कार सहित विदेशी भूमिमा ज्यान गुमाएका नेपालीहरुको शब ल्याउने झन्झटिलो प्रक्रियालाई हटाउन सरकारले ठोस पहल गर्न अनुरोध गरेकी छन् ।

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी रोका मगरलाई अर्थमन्त्री पौडेलले उचित सम्बोधन गरिने प्रतिबद्धता जनाएका थिए । ‘हाम्रो अनुरोधलाई निकै सकारात्मक लिनुभएको छ,‘सडकमा भएका बेवारिसको अभिभावक सरकार बनिदिनुपर्छ भन्नेको छु’ रोकाले भनिन् ।

सरकारले बेवारिसेलाई उद्धार गरी राख्ने स्थान, खाना, नियमित स्वास्थ्य उपचार र मृत्युपछि धार्मिक विधि अनुसार अन्तेष्टीका लागि प्राथमिकत योजना सहित अगाडी बढ्न समेत सपनाको अनुरोध थियो ।

‘हामीले सघाउने तयार छौ,‘जसको केही छैन्, उनीहरुको अभिभावक नै सरकार हो’ उनले भनिन् । भेटघाटको क्रममा अर्थमन्त्री पौडेलले बेवारिसेको जिम्मा सरकारले लिने बताएका थिए । ‘सडकमा बस्नेहरुलाई सरकारले नै हेर्छ,‘तपाईहरुका रचनात्मक कार्यले पनि सरकारलाई साथ दिनुपर्छ’ अर्थमन्त्री पौडेलले भने ।

सरकारले गर्ने काम गरेकामा उनले खुलेर प्रशंसा गरे । अर्थमन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सडक बालबालिका र सडकमानवरहित समाज निर्माण गर्ने तथा भीखमाग्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता अनुसार सरकारले काम गरिरहेको बताए ।

म्याग्दीको मंगला गाउँपालिका–४ बरंजा बुकेनीकी रोका मगरले बिबिसीको सम्मानपछि पहिलोपटक नेपाल सरकारको उच्चपदस्थ कर्मचारीलाई भेटेकी हुन् । एक महिनाको शिशुदेखि ९० बर्षसम्मका बृद्धबृद्धा गरी करिब एक सयभन्दा बढी बेवारिसेको शब ब्यवस्थापन गरेकी छन् ।कोरोना भाइरसको कारण सडकमा पुगेका सयौं मजदुरलाई सपनाले निशुल्क भात खुवाउने कार्यमा समेत सक्रिय भईन् ।

Leave a Reply