---Advertisement---

आइतबारदेखि बेनी-पोखरा सडकको पर्वतखण्ड साढे तीन घण्टा बन्द हुने

On: December 5, 2020 10:37 PM
Follow Us:

धौलागिरीका चार जिल्लालाई पोखरा जोड्ने निर्माणाधिन राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्ड फराकिलो बनाउन र सुधार गर्नका लागि दैनिक साढे तीन घण्टा बन्द हुने भएको छ। अप्ठेरो भिरमा कटान गर्नका लागि भोली मंसिर २१ गते आइतवारदेखि दुई हप्ताका लागि सडक बन्द गरिने भएको हो।

लोकमार्गको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका वडा नं. ७ खरेहादेखि वडा नं. ८ को दोबिल्ला बीचको भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निणर्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बताए।

बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म सडकमा सवारी आवतजावत हुदैन् । लोकमार्गको झण्डै ७० प्रतिशत काम सम्पन्न भएको र खरेहा र चुवाको भीर तथा चुवादेखि दोविल्ला बीचको दूरीमा रहेको भीरमा कडा चट्टान फुटाउन बाँकी रहेकाले सडक बन्दनै गरेर निर्माण कार्य अघि बढाउन लागिएको हो।

सडकमा सवारीको चाप बढ्दै गएकाले काम गर्न समस्या पर्ने हुँदा आवतजावत नै रोकेर निर्माण गर्न थालिएको जनाइएको छ । पर्वत खण्डमा सडक स्तरोन्नतीको क्रममा मोदीखेत क्षेत्रमा कालोपत्रे बिच्छ्याउन पनि सुरु गरिएको छ।निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरोन्नतीको कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा ठेक्का लिएको हो।

पर्वत खण्डको २३ किलोमिटर मध्ये स्टक्चरको काम ९८ प्रतिशत सकिएको छ । मुस्ताङ म्याग्दी, बागलुङ र पर्वत जिल्लाबाट पोखरा हुँदै विभिन्न जिल्लामा आवतजावत गर्ने यात्रुलाई बन्द हुने तालिका भन्दा आगाडी नै आवतजावत गर्न समेत अनुरोध गरिएको छ