????????????????????????????????????

म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाका बाढी पहिरो पीडितलाई (म्याग्दी समाज) मोना युकेले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  मालिका गाउँपालिकालाई साढे दुई लाख हस्तान्तरण कार्यक्रममागाउँपालिका अध्यक्ष रोका मगरले सहयोगी दाता मोना युकेलाई धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।

????????????????????????????????????

मोना युके मार्फत उपलब्ध गराइएको विबरण अनुसार वडा नं १ मा ५ ,वडा नं.२ मा १ ,वडा नं. ३ मा १ ,वडा नं.४ मा ६ ,वडा नं.५ मा २० ,वडा नं. ६ मा ५ ,तथा वडा नं. ७ मा ३० जनालाई सहयोग हस्तान्तरण गरिने छ ।

विहिबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रोका मगर सहित उपाध्यक्ष खर माया विटालु,प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेल,वडा नम्बर १ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता टंकप्रसाद पुन मगर ,वडा नं. २ का अध्यक्ष नर बहादुर पुन ,वडा नम्बर ३ का अध्यक्ष हेम बहादुर पुन ,वडा नम्बर ४ का अध्यक्ष दिलिपकुमार शेरचन ,वडा नम्बर ५ का अध्यक्ष पिपला बुढा ,वडा नम्बर ६ का अध्यक्ष सन्तोष सुवेदी र वडा नम्बर ७ का अध्यक्ष रेशम जुग्जाली ,कार्यपालिका सदस्यहरु,योजना अधिकृत सोमबहादुर केसी, लेखा अधिकृत फनिन्द प्रसाद आचार्य लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

????????????????????????????????????

कार्यक्रमको संचालन पत्रकार साधन राम्जालीले गरेका थिए । त्यस्तै धवलागिरी गाउँपालिकामा समेत दुई लाख पचास हजार गाउँँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले वडा नम्बर ६ का अध्यक्ष राजाराम सुवेदी र वडा नम्बर ७ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष देब बहादुर थापालाई हस्तान्तरण गरिएको थियो ।

वडा नम्बर ६ का अध्यक्ष सुवेदीले मोना युकेका कोषाध्यक्ष पदम गर्बुजाको पहलमा मराङका बाढी पहिरो पीडितलाई तत्काल आर्थिक, जिन्सी तथा खाद्यान्न सहयोग प्राप्त भएको समेत बताए । धवलागिरीको वडा नम्बर ६,मराङमा मृतक २१ जनाका आफन्त ९ सहित पुर्ण क्षती १७ ,आकस्मीक क्षती १७ ,वडा नं. ७ मा पुर्ण क्षती १४ परिवारलाई सो रकम वितरण गरिने मोना युकेले जनाएको छ ।

Leave a Reply