बेनी नगरपालिका-६ खरेनीकी दुर्गी किसान गएको असार महिना देखि पाठेघरको मुखको क्यान्सर (सर्भिक्स क्यान्सर) रोगले पिडित छन् । महिनावारी नभएको समयमा पनि रगत बग्न थालेपछि बेनी अस्पताल हुदैं चितवनको भरतपुर क्यान्सर अस्पताल सम्म उपचार गर्न पुगिन ।

पाठेघरमा क्यान्सर रोग लागेको पत्ता लागेपछि पिडित किसान उपचारकै क्रममा छन् । चरम आर्थिक अभावका कारण आफन्त र ऋण खोजेर अस्पतालसम्म पुगेकी किसानले उपचारमा थप आर्थिक जुटाउन नसक्दा उपचार छोडेर फर्किन बाध्य भईन् । श्रीमानको समान्य मजदुरीबाट परिवारको गुजरा चलाउँदै आएकी किसानले अस्पतालमै नियमित उपचारका लागि गरेको प्रयास असफल भएपछि बेनी अस्पतालमै फर्किएर सामान्य उपचार गराइरहेकी छन् । ‘अस्पताल धाउदा धाउदा डेढलाख सकियो,‘आर्थिक समस्याले उपचारमा कठिनाई भइहरेको छ, कलिला छोराछोरी सम्हाल्न पनि मैले बाँच्नुपर्छ’ उनले भनिन् ।

क्यान्सर अस्पतालमा उपचारका लागि आवश्यक आर्थिक जुटाएर आउन अनुरोध गरेपछि बाध्य भएर फर्किएको किसानको भनाई छ । घरमा सानो छोरालाई हेरविचार गर्न कोही नभएपछि अस्पतलामै लगेर गएकी किसानले उपचारमा सानो–सानो सहयोगको अपिल समेत गरिन् । ‘म बिरामी भएर सुत्दा छोराछोरी भोकै बस्नुपर्छ,‘श्रीमानको कमाईले एक छाक खान पनि पुक्दैन’ उनले भनिन् ।

बेनीबजार र आसपासमा मजदुरी गर्ने श्रीमानले समेत आफ्नो उपचारका लागि ऋण खोजेको बताउँदै सबैले सानो सहयोग गरेमा आफ्नो उपचार सम्भव रहेको बताईन् । ‘पैसा जुटाउन सकेमा म बाँच्न सक्छु,‘छोराछोरीका लागि पनि अहिले म बाँच्नुपर्छ’ उनले आँसु पुछ्दै भनिन् । छोरी कालिपुलको बालमन्दिर आधारभुत विद्यालयमा कक्षा ४मा अध्ययरत छिन् ।

आवश्यक पोशाक, शैक्षिक साम्रागीको अभावममा सुस्मिता समेत नियमित विद्यालयमा जान पाएकी छैनन् । यता बेनी अस्पतालका डा. सागर लामिछानेले क्यान्सर पीडित किसानको बेनी अस्पतालमा नियमित उपचार सम्भव नभएकाले क्यान्सर अस्पतालमै लैजानुपर्ने बताए । पाठेघरको मुखको क्यान्सर (सर्भिक्स क्यान्सर) भएकी महिलाले केमोथेरापी लिनुपर्ने भएकाले रगत चढाउनुपर्ने र समान्य उपचार अस्पतालमा भइरहेको बताए। नियमित परीक्षण र तुरुन्त उपचार हुने रोगले जटिल रूप लिँदै जाँने भएकाले उपचारका लागि आर्थिक जुटाउन आवश्यक रहेको डा.लामिछानेको भनाई छ ।

सहयोग र थप जानकारीका लागि
थप जानकारी : दुर्गे किसान ९८०६१८६९२३, लक्ष्मी किसान ९८६०८२२३४८
सहयोगका लागि : NMB BANK 0880143244100010 -LAXiMI SARKI

Leave a Reply