म्याग्दीको रघुगंगा गाउँपालिका राखुकी स्तनक्यान्सर पीडित कृष्णा थापा मल्लले जिवनरक्षाको लागि सहयोग गर्न अपिल गर्नुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उउपचार गराईरहनुभएकी थापाले आर्थिक अभाबले उपचार गराउन कठिनाई भएको छ ।

लामो समयदेखि स्तनक्यान्सरको उपचारार्थ पीडित मल्लको किमोथेरापी विधिबाट उपचार गराईराख्नुपर्ने र उपचार खर्चिलो भएपछि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई सहयोगको याचना गर्नुभएको हो ।

उपचारमा अहिलेसम्म ब्यक्तिगत तथा विभिन्न माध्यबाट जुटाएको खर्चले गरिएपनि थप उपचार खर्चका लागि समस्या भएको पीडित मल्लको भनाई छ । ‘आर्थिक अभाबले थप उपचारमा सकस भइरहेको छ,‘लामो समयसम्म उपचार गराउनुपर्ने चिकित्सकहरुको सुझाब छ’ मल्लले भन्नुभयो । ।

उपचार खर्च कहाँबाट जुटाउने भन्ने चिन्ताले सताइरहेको पीडित परिवारको भनाई छ । शल्यक्रियाबाट एउटा स्तनको उपचार गरिएपनि किमो चढाउन हरेक पटक ५० हजारको हाराहारीमा खर्च हुन्छ । यसैबीच पीडितको उपचारमा माईती गाउँ धवलागिरी गाउँपालिका ताकम, धारापानीका बासिन्दा समेत सक्रिय भएका छन् ।

Leave a Reply