पर्वतको फलेवास नगरपालिका वडा नं. ५ का ३८ वर्षिय एक कोरोना संक्रमित युवाको मृत्यु भएको छ । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत युवाको गएराती पौने १ बजे मृत्यु भएको हो । उहाँको स्वाव परिक्षण गर्दा मंशीर १९ गते कोरोना पुष्टि भएको थियो ।

कोरोना सँगै उहाँमा भाईरल निमोनियाको समेत समस्या रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै पर्वतमा कोरोनाले मृत्यु हुनेको संख्या तीन पुगेको छ ।गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७१ पुगेको छ ।

Leave a Reply