घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाईते भएकी म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ बुलकी एक यूवतीलाई बस चालकले व्हीलचेयर र नगद सहयोग गरेका छन् ।

गएको कात्तिक १४ गते घर नजिकै घाँस काट्ने क्रममा लडेर हाल फेवा सिटी हस्पिटलमा उपचार गरी फर्किएकी १६ बर्षिया रममायाँ विकलाई म्याग्दी कोरला यातायात प्रालिका चालक रुद्रप्रसाद अधिकारीले १ थान व्हीलचेयर, नगद र गाउँसम्म ढुवानीमा आवश्यक पर्ने खर्च सहयोग गरेको यूवा हरि कँडेलले बताए ।

चालक कँडेलले पीडित विकका बुबा रुद्धबहादुर विकलाई हस्तान्तरण गरेका थिए ।  सोही अवसरमा रुद्धबहादुरले सहयोगबाट धेरै सहज भएको बताउँदै उपचारमा समेत आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । बस चालक रेग्मीले आफ्नो र परिवारका सदस्यको जन्मदिन लगायत विभिन्न समयमा सहयोग गदैं आइरहेका छन् ।

घाईते अवस्थामा उद्धार गरी पोखरामा उपचार गरिएको विकलाई फेवा सिटी हस्पिटलका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.दिवश क्षेत्रीले शल्यक्रियाको शुल्क निशुल्क सहित औषधी लगायत करिब साढे २ लाखको उपचार खर्च निशुल्क गरिदिएका थिए।म्याग्दी प्रवासी नेपाली संघ मोना पोर्तुगल लगायत विभिन्न संघसंस्थाले समेत सहयोग गरेपछि विकको उपचार सम्भव भएको थियो । घाईते विक लामो समयसम्म व्हीलचेयर र परिवारको सहयोगमा आवतजावत गर्नुपर्छ ।

Leave a Reply