चिमखोलाका एक यूवा विगत एक महिनादेखि सम्पर्कविहिन भएका छन् । रघुगंगा गाउँपालिका–७, चिमखोलाका २४ वर्षीय विनोद परियार गएको कार्तिक १९ गते विहानबाट बेपत्ता भएको परिवारले जनाएको छ ।

घरबाट निस्किएपछि सबैतिर खोजीकार्य गदौ समेत सम्पर्कमा नआएको विनोदका बुबा राजकुमार परियारले बताए । उनका अनुसार खोजीकार्यका लागि प्रहरीमा समेत निवेदन दिइएको छ । श्रीमति सँग सामान्य विवाद भएपछि घरबाट निस्केको बताइएको छ ।

विनोदको ४ महिनाको छोरा रहेको छ । विनोदीकआमा पनि अपाङ्गता छिन । छोरा बेपत्ता भएपछि बुहारीले घर छाडेर माइत गएको राजकुमारले बताए । बेलाबेलामा परिवारसँग झगडा गर्ने गरेको बताइएको छ । समान्य विवादमै सम्पर्कविहिन भएको भन्दै घर फकिएर आउन समेत अनुरोध गरेका छन् ।

Leave a Reply