म्याग्दीको मालिका गाउँपालिका-७, बिमका वडा अध्यक्ष रेशम जुग्जाली (सुबिन)लाई पितृशोक परेको छ । नेकपा म्याग्दीका कार्यालय सदस्य समेत रहेका जुग्जालीका बुबा ६३ वर्षीय खड्क जुग्जाली रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

यसैबीच मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले वडा अध्यक्ष जुग्जालीका पुजनिय पिताको असामयिक निधनप्रति शोक बक्तब्य मार्फत समवेदना समेत गर्नुभएको छ भने नेकपा म्याग्दीले समेत दुख ब्यक्त गरेको छ ।

स्वर्गीय जुग्जालीका एक छोरा जित बहादुर जुग्जाली ९सुरज० लाई माओवादीको जनयूद्धमा राज्यपक्षबाट हत्या समेत भएको थियो। स्वर्गीय जुग्जाली गाउँमा हुने राजनीतिक, सामाजिक तथा विकास निर्माणका कार्यमा समेत सक्रिय हुनुहुन्थ्यो ।

Leave a Reply