निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं बार्षिक साधारण सभाबाट केन्द्रिय कार्यकारिणी सदस्य पदमा निर्वाचित भएका कुविरकुमार श्रेष्ठलाई बुधबार म्याग्दी उवासंघले सम्मान गरेको छ । म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठलाई सचिवालयमा सम्मान तथा बधाई ज्ञापन गरिएको हो ।

कार्यक्रमा नेपाल उवामहासंघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठ, संघका मानार्थ सदस्य नैनकुमार श्रेष्ठ लगायतको उपस्थितीमा आयोजित कार्यक्रममा महासंघमा यसपटक काम गर्न अनुकुल रहेको बताइएको थियो ।

महासंघमा चन्द्र ढकालको प्यानलबाट विजय प्राप्त भएकाले आगामी दिनमा समेत काम गर्नै सहज हुने अवस्था रहेको बताइएको थियो । कार्यक्रममा धौलागिरी गाउँपालिकाको इकाईका अध्यक्ष किरण थापा, महिला उद्यम विकास समितिका सभापति सुनिता केसी, र्व अध्यक्षहरु सुदर्शन कुमार श्रेष्ठ, जिवनकुमार विश्वकर्माले मन्तब्य राखेका थिए ।

 

अध्यक्षता तथा स्वागत अध्यक्ष उत्तमकुमार कर्माचार्य, सञ्चालन महासचिव लिलाराम गौतम र समापन वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले गरेका थिए । म्याग्दी उवासंघले यसबर्ष ५० औं वर्षमा प्रवेशको अवसरमा विभिन्न कार्यक्रम समेत गरिरहेको छ । २०२७ साल साउन १७ गते स्थापना भएको म्याग्दी उवासंघ महासंघको जिल्ला तथा नगर उवासंघमा उत्कृष्ट काम गर्ने भित्र पर्छ ।

Leave a Reply