दुवै मृगौला फेल भएर उपचारर्थ म्याग्दीका एक यूवाले अस्पतालको शैयाबाटबाट सहयोगको याचना गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका-१ खानीगाउँका ३७ बर्षिय पेशबहादुर राम्जालीको उपचारमा आर्थिक समस्या भएपछि सहयोगको अपिल गरेका हुन्।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका राम्जालीको डायलासिस गर्न आर्थिक क्षमता नभएपछि अस्पतालबाट फर्किनुपर्ने अवस्था आएपनि बेनीअनलाइनमार्फत आर्थिक सहयोगको अनुरोध गरेको राम्जालीले बताए । ‘घरको आर्थिक अवस्था नाजुक छ,‘सबैको सहयोग भएपछि बाँच्न सक्छु भन्ने आश पलाएको छ’ उनले भने ।

उनले सहयोग पाए उपचार सम्भव रहेको चिकित्सकले बताएपछि अपिल गरेको बताउँदै तीन छोरीको शिक्षादिक्षा, रेखदेखका लागि पनि उपचारपछि घर फर्किएर मजदुरी गर्नुपर्ने बताए ।

‘उपचारमा परिवारबाट दुईपैसा पनि जुटाउन सक्ने अवस्था छैन्,‘सहयोग अभियानमा जुटेका छौ’ जनजागृति माविका प्रधानाध्यापक टेक राम्जालीले भने । विपन्नताकै कारण विहानबेलुकी हातमुख जोड्न समेत मुस्किल भइरहेको अवस्थामा उपचारका लागि स्वदेश तथा विदेशबाटै सहयोग गर्नुपर्ने बताए ।

Leave a Reply