अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारी मानव अधिकार तथा शान्ति समाज म्याग्दीले बेनीमा बिहीबार शान्तीपुर्ण प्रदर्शन गरेको छ ।

कार्यक्रममा बोल्दै मानवअधिकार तथा शान्ती समाज नेपालका पूर्व उपसभापित एवम् अभियान संयोजक रामजी प्रसाद सुबेदीले आणविक अस्त्र रहेसम्म नेपाल असुरक्षित रहेको बताए । उनले नेपालले आणविक अन्त्यसम्बन्धी महासन्धिमा नेपालले हस्ताक्षर गरेर बुद्ध जन्मिएको देशको पहिचानलाई विश्वभर स्थापित गर्नुपर्नेमा जोड दिए ।

जिल्ला प्रशासन कार्यालय अगाडी आयोजित कार्यक्रममा समाजका म्याग्दी सभापति नवराज पौडेलले विश्वका आणविक होडमा रहेको अवस्थामा नेपालमा समेत विभिन्न किसिमका गतिविधि हुनसक्ने भन्दै सबै पक्षबाट दवाव दिनुपर्ने बताए ।

कार्यक्रमको सञ्चालन समाजका सचिव हरिप्रसाद पौडेलले गरेका थिए । ‘आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैनन ।’ भन्ने नारासहित विश्वका आणविक भट्टी रहेका देशहरूलाई दबाब दिन यो नारा राख्दै मानव अधिकार दिवस मनाईएको हो ।

Leave a Reply