लायन्स क्लव अफ बेनी पिस सिटीले बेनी सामुदायिक माविलाई स्वास्थ्य साम्रागी सहयोग गरेको छ । क्लवले ५ सय थान सर्जिकल मास्क, २ सय थान एन ९५ मास्क, ५ लिटर सेनिटाइजर र एक सेनिटाइजर स्ट्याण्ड क्लवका संस्थापक अध्यक्ष राजेश शाक्य, लायन्स क्लव ३१५ बि वान नेपालका रिजन चियरपर्सन लोकेश पुनमगर, क्लव अध्यक्ष खम थापा मगरले विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरस संक्रमणको जोखिमका बिच नेपाल सरकारले जारी गरेको जनस्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डहरुको पूर्ण रुपमा पालना गरी सञ्चालन भइरहेको अवस्थामा प्राप्त साम्रागीले धेरै सहज भएको प्रधानाध्यापक श्रेष्ठले बताए । यसअगाडी क्लवले विद्यालयलाई करिब ३५ हजार बराबरको समयसँगै विद्यार्थीको नतिजा प्रकाशन गर्न मिल्ने डिजिटल घडी समेत सहयोग गरेको थियो ।

क्लवका अध्यक्ष थापाले क्लवले शिक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तरगत विद्यालयमा सहयोग गरिएको बताए। क्लवमार्फत वितरण गरिएको साम्रागीको निर्वतमान अध्यक्ष नरेश श्रेष्ठ, तृतिय उपाध्यक्ष बिरेन्द्र श्रेष्ठ, सचिव सन्दिप खत्रीले सौजन्य गरेका थिए ।

क्लवमार्फत शिक्षा, स्वास्थ्य, सामाजिक तथा मानवीय गतिविधिसँगै समुदायमा आयआर्जनको क्षेत्रमा समेत विभिन्न कार्यक्रमहरू तय गरिएको अध्यक्ष थापाको भनाई छ । क्लवले कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण तथा रोकथामका लागि जिल्लामा विभिन्न रचनात्मक सञ्चालन गरिरहेको छ ।

Leave a Reply