म्याग्दीको सदरमुकाम बेनीबजारको प्रवेशद्धार कालिपुल बसपार्कलाई स्मार्ट बसपार्क बनाउन २१ करोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएपनि यसबर्ष थोरै मात्र बजेट विनियोजन भएको छ ।

बेनी–जोमसोम तथा कोरला सडकको मुख्य प्रवेशद्वार कालिपुल बसपार्कमा ५० लाख विनियोजन भएकाले डिपिआर अनुसार सम्पन्न गर्न बषौं लाग्ने भन्दै बहुबर्षिय योजनामा समावेशका लागि प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले सहरी विकास मन्त्रालयलाई अनुरोध गरेका छन् ।

बहुबर्षिय योजनामा बसपार्कलाई समेट्न नसके अपुरै रहने जोखिम भएकाले बहुबर्षिय ठेक्का लगाउने ब्यवस्थाका लागि मन्त्रालयमा दर्ता गदैं मन्त्रीलाई समेत बसपार्क बनाउन बजेटलाई प्राथमिकता दिन अनुरोध गरेको सांसद थापाको सचिवालयले जनाएको छ । म्याग्दी र मुस्ताङ आवतजावत गर्नेले बेनीको प्रवेशद्धारमै ठेक्का अनुसार समयमै काम सम्पन्न हुने सकेको छैन् ।

यसअगाडी पूर्वाधार कार्यालयमार्फत ४ करोड ५० लाखको ठेक्कामा निर्माण ब्यवसायी विपिन खड्कामार्फत भइरहेको काम करिब साढे दुई करोडको काम सम्पन्न भएको र थप १ करोड आवश्यक रहेको कार्यालय प्रमुख नवराज पौडेलले बताए । बेनी–बागलुङ सडकखण्डको दुईवटा प्याकेट र कालिपुल बसपार्कमा साढे दुई करोड बजेटबाटै बसपार्कमा समेत काम हुने बताइएको छ ।

टिकट काउन्टरलाई एउटै भवन, पार्किङस्थल, बसपार्क नजिक रहेका टहरा, पेट्रोल पम्प विस्थापन, पर्यटन सुचना केन्द्र, साना र ठुला सवारीसाधन आवतजावत गर्ने मार्ग, टर्मिनल भवन लगाएत नमुना बसपार्क बनाउन आवश्यक पर्ने पूर्वाधारलाई केन्द्रित गरी छलफल सुरू गरिएको बेनपा–८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले जानकारी दिए ।

प्रस्ताव गरिएको गुरुयोजनामा दैनिक २ सय सवारीसाधन भित्रिने भएपनि ३० वटालाई समेत पार्किङ गर्न नमिल्ने संरचना प्रस्ताव गरिएकोमा ट्राफिक प्रहरी र यातायात ब्यवसायी बस पार्कस्थलमा रहने सबै सवारीसाधनलाई पार्किङ गर्न मिल्ने गरी संरचना बनाउनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै छलफलमा बसपार्कमा रहेको बास्केटबललाई विस्थापत गर्न नमिल्ने बताए। गुरुयोजना तथा राय संकलनको क्रममा आर्टीटेक्ट ईञ्जिनियर राहुल प्रधानले बसपार्कको नक्साको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन बेनी नगरपालिकाका कार्यकारी अधिकृत विश्वमित्र कुईकेलले गरेका थिए।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक देबेन्द्र केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, इन्जिनियर गणेश बहादुर मर्हजन लगाएत स्थानीय जनप्रतिनिधि, कालिपुल आमा समुहका प्रतिनिधि लगाएत विभिन्न सरोकारावाला निकायको उपस्थिति रहेको थियो । करिव २७ रोपनी क्षेत्रफलमा फैलिएको बसपार्कलाई वडास्तरबाट समेत ब्यवस्थापन सुरू भएको छ ।

कालिपुलमा करिब ८ सय मिटर कालोपत्रे गरिने छ । बसपार्कको गुरूयोजनामा टिकट काउन्टरलाई एउटै भवन, पार्किङस्थल, बसपार्क नजिक रहेका टहरा, पेट्रोल पम्प विस्थापन, पर्यटन सुचना केन्द्र साना र ठुला सवारीसाधन आवतजावत गर्ने मार्ग, टर्मिनल भवन लगाएत नमुना बसपार्क बनाउन आवश्यक पर्ने पूर्वाधार सहितको संरचना बनाउन प्रस्ताव गरिएको छ ।

कालिपुल क्षेत्रको अव्यवस्थित बसपार्क, धुलाम्मे सडक र जथाभावि फालिने फोहोरले बाहिरी जिल्लाबाट ओहोरदोहोर गर्ने यात्रुले म्याग्दीको नकारात्मक सन्देश प्रवाह गर्ने गरेको भन्दै जिल्लामा आउने प्रदेश र संघीय सांसदलाई समेत बजेटको माग गरिएपनि सुनुवाई हुन नसकेको स्थानीयबासीको गुनासो छ । करिव २७ रोपनी क्षेत्रफलमा बसपार्क फैलिएको छ ।

 

Leave a Reply