अचानक खरावी देखिएपछि भारतको मुम्बईस्थित अस्पतालमा उपचारर्थ एक म्याग्देलीको आर्थिक अभाव भएपछि अप्रेशन सरेको र कुन मितिमा हुने एकिन नभएको परिवारका सदस्यले बताएका छन् ।

म्याग्दीको धवलागिरी गाउँपालिका-७, ताकम धारापानीका ५३ बर्षिय खड्कबहादुर थापाको उपचारको क्रममा अप्रेसनका लागि आवश्यक पर्ने रकम जम्मा गर्न नसकिएको पीडित थापाकी श्रीमति यामु थापाले बताईन् । ‘अप्रेसनमा आवश्यक पर्ने रकम जम्मा गरेपछि मात्रै अप्रेसनको प्रक्रिया सुरु हुन्छ,‘हामीसँग आर्थिक छैन्, अहिलेसम्म जुटेको आर्थिकले पुग्दैन’ उनले भनिन्।

नियमित चेकजाँच र औषधी लगायतको खर्चको अभाव भएपछि थप सहयोगको अनुरोध समेत थापाले गरेकी छन् । ‘अस्पतालमा आवश्यक पैसा जम्मा भएपछि मात्रै उपचार अगाडी बढाउने अवस्थामा छ, मृत्युसँग लडिरहनुभएको छ,‘सबैले सानो–सानो सहयोग गरिदिनुहोला’ उनले भने ।

‘हामीलाई सानो सहयोगले पनि धेरै राहत मिल्छ’ उनले अस्पतालबाटै सहयोगको याचना गदैं भनिन् । नियमित उपचार तथा कलेजो प्रत्यारोपणमा खर्च जुटाउन नसक्ने अवस्था भएपछि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोष सहित धारापानीबासीले आर्थिक सहयोग जुटाइरहेका छन् । कोषमा जम्मा भएको रकम छोरीमार्फत हस्तान्तरण गरिने कार्यालय प्रमुख डकबहादुर रोकाले बताए ।

निर्माण सम्बन्धि काम गर्ने थापा जेठ महिनादेखि अस्पतालमा भर्ना भएपछि कोष बाहेक धारापानीबासी, बेनीमा क्षेत्री समाजमा आवद्ध भएकाले समेत सहयोग जुटाइरहेका छन् । नियमित उपचारमा करिब २० लाखभन्दा धेरै खर्च हुने अनुमान गरिएको छ ।

Leave a Reply