नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनेरास्ववियूका यूवा नेता एवम् शिक्षक यामनाथ पौडेल उपचारको क्रममा निधन भएको छ । अखिल क्रान्तिकारी म्याग्दीका पुर्ब जिल्ला उपाध्यक्ष एवम् अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य पौडेलको उपचारको क्रममा पोखरा लैजादै गर्दा बाटोमा निधन भएको हो ।

शारीरिक जाँचका लागि बिहिबार बेनी अस्पतालमा आएका पौडेल उपचारपछि घर फर्किएका थिए । पेटमा खरावी र श्वास–प्रश्वासमा समस्या देखिएको अवस्थामा नियमित चेकजाँच गरी घर फर्किएका पौडेल शुक्रबार विहान अचानक विरामी भएपछि बेनीमा ल्याइएको थियो ।

विवाह समारोहमा सहभागि, दौडधुपले थकित महसुस गरेकाले चेकजाँचका लागि बेनीमा आएका पौडेलको एक्कासी श्वास–प्रश्वासमा समस्या देखिएको थियो । जटिल अवस्थामा अस्पतालमा आएका पौडेलको अन्तेष्टी गरिएको छ । पौडेल भिम मावि देविस्थानका गणित शिक्षक समेत हुन् । केहीदिन यता स्वास्थ्यमा समस्या आएको परिवारलाई बताउने गरेका थिए ।

घाँटी चिलाउने, खस्खसाउने, खोकी लाग्ने, पेट दुख्ने समस्या भएको परिवार र साथीभाईलाई बताउने गरेका थिए। विद्यार्थी राजनीति र शिक्षण पेशा बाहेक पौडेलले विभिन्न सामाजिक कार्यहरुमा समेत सक्रियता देखाउने गरेका थिए ।

पौडेलको निधनले विद्यार्थी आन्दोलनमा अपुरणीय क्षती भएको अखिलका केन्द्रिय सदस्य सुदिन पौडेलले बताए । ‘एक असल नेता गुमाएका छौ,‘प्रष्ट बक्ता, विद्यार्थी आन्दोलनमा उहाँको ठूलो योगदान छ’ पौडेलले भने । उनले पौडेलको भिजन र योजना बनाउने सैलीको सधै अभाव हुने बताए ।

Leave a Reply