कति भाग्यमानी पुस्ता हामी । हजुरबुबाकाे काखमा बसेरे रामायण, महाभारत र श्रीस्वस्थानीकाे कथा सुन्दै बढिमा नालापानी किल्लामा बलभद्र कुँवर, भक्ति थापा, अमरसिंह थापाकाे वीरताकाे गाथा, वीर गाेर्खालीहरूकाे बहादुरीता अलिअलि पृथ्वीनारायण शाह, बहादुर शाह, जंगबहादुर राणाका पाैरखका कथाहरू सुन्दै अाकाशका तारा गन्दै हुर्किने अवसर पायाैं ।

तर अहिले हामी संग भाेलिका दिनमा हाम्रा नातिनातिनालाई काखमा राखेर सुनाउने कैयन किस्साहरू प्रत्यक्ष देख्ने भाेग्ने माैका पायौं । सात सालकाे अान्दाेलन, गंगालाल धर्मभक्त शुक्रराज र दशरथका बलिदानी, छत्तीसकाे जनमत संग्रहलाई छाेडेर छयालिसकाे जनअान्दाेलन पछिका घटनाहरूमात्र पनि कहानी सुनाउन पर्याप्त छन् ।

के देखेनाै-के भाेगेनाै ? संवैधानिक राजतन्त्र सहितकाे संविधान, जनयुद्धकाे चरम उत्कर्ष, राजदरवार हत्याकाण्ड, राजाकाे “कु”, प्रजातन्त्र दरवारमा बुझाईएन कि जननिर्वाचित प्रधानमन्त्री अपदस्थ भएनन् कि । संसद पुनर्स्थापनाकाे माग सहित रत्नपार्कबाट शुरु भएकाे अान्दाेलन राजाकाे बहिर्गमनमा पुगि तुङ्गियाे ।

बैसठ्ठी त्रिसट्ठीकाे जनअान्दाेलन भाग दुईमा प्रत्यक्ष ढुङ्गामुढा गर्नै साैभाग्य जुर्याे । त्यपछिकाे कथापटकथा त सबैमा सर्वविविधैछ । जनताकाे छाेराे पहिलाे राष्ट्रपति, प्रधान सेनापतिलाई कु प्रयास, धर्म निरपेक्ष देश, संविधान सभाकाे निर्वाचन, भंगता, प्रधान न्यायाधीश प्रधानमन्त्री , संविधान सभाकाे पुननिर्वाचन, संविधान निर्माण तगायतका कथा महाभारत र रामायण भन्दा कम बनेनन् ।

तेती मात्र कहाँ हाेर ? नाकाबन्दी, भुकम्पले पनि श्रीस्वस्थानी भन्दा राेचक अध्यायहरू बनाए ।भाैगाेलिक रूपमा पनि फरक फरक घटना भाेगियाे । सयाैं वर्षमा बेनीबजारमा हिउँ परेकाे हाेस् या साठी साल चैत्र सातकाे म्याग्दी अाक्रमण , प्रत्यक्ष देखियाे-भाेगियाे । यश बीचमा कालीगण्डकीमा धेरै पानी बग्याे । किसानकाे छाेराे सर्वशक्तिमान पदमा पुगे, शक्तिमा अासिन हलाे जाेत्ने भए ।

कराेडाैं र अरबाैंका भष्टचार काण्डहरू छटाछुल्ल भए । ब्रिफकेश खाेसिएन कि कुर्चि टेबल फुटेनन् ? थप्पड प्रहार भएनन् कि जुत्ता ? प्रधान न्यायाधीशलाई महाअभियाेग प्रस्ताव, चुच्चे नक्शा काण्ड, वालुवाटार काण्ड, अाैषधी खरिद काण्ड त केही उदाहरण मात्र हुन् ।

ाफैलेे नियुक्ति, सरुवा र बढुवा गर्दै फुलि थपेकाबाट करङ दुख्ने गरि डण्डा घुसिए । संघियताकाे देशमा एउटा कर्मचारीकाे पुनर्नियुक्तिका लागि अावाज बुलन्द भयाे, लाेड सेडिङ अन्त्य गरेकाले। एउटा टिभि कार्यक्रम प्रस्ताेता गिरफ्तार हुदा अान्दाेलनले चरम उत्कर्ष रुप लियाे जनताकाे प्रत्यक्ष दुःखमा सहभागी भएकाेले ।

यसैबीच काेराेना भाईरसले सन्त्रास फैलायाे तर नेतागणमा कहिल्यै चेत फर्काएन । काराेना नियन्त्रणलाई दाेस्राे प्राथमिकतामा राखेर अान्तरिक द्वन्द, चरम गुटबन्दी, सत्ता र भत्ताकाे खेल, नाताबाद कृपाबाद र भ्रष्टचारमा रुमलिय । फल स्वरुप फेरि सडकमा नयाँ हुल, जुलुस निस्किएकाेछ नयाँ नाराका साथ ।

यदि याे जुसुसले याे नाराले सफलता पायाे भने हामीले नातिनातिनालाई सुनाउने कथाले भिन्न रुप लिनेछ । याद गर्नुस् खलपात्रले विजय हासिल गरेकाे चलचित्र नत बनेका छन् न त रुचाइन्छन् नै । त्यसैले नायक बन्ने कि खलनायक अब नेता गणकाे हातमा छ ।

यदि राजा अाउ देश बचाउ भन्ने दृष्टताले सार्थकता पायाे भने र फेरि डाम चढाएर ढाेक्ने दिन फिर्याे भने ईतिहास्ले तपाईंको बयान रावण, दुर्याेधन, कंश भन्दा पनि भयानक रुपमा गर्नेछ । त्यसैले चिहानमा पुगेका राजा फर्केर तर्साउनु अघिनै हे गणतन्त्रबाटै स्थापित र जनताबाट अनुमाेदित बडे र छाेटे राजा अाउ-देश बचाउ ।

Leave a Reply