????????????????????????????????????

बहुचर्चित कालिगण्डकी करिडोर प्रशारण आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको विद्युत् प्रसारण लाइन आयोजनाको सबै टावर निर्माण भएका छन् ।
करिडोर प्रशारण आयोजनाअन्‍तर्गत दाना–खुर्कोट खण्डका ११० वटा टावर निर्माणको काम सकिएसँगै तार तान्ने काम पनि अन्तिम चरणमा पुगेको कालीगण्डकी प्रशारण आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख चन्दनकुमार घोषले दिएको जानकारी अनुसार नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत दाना र खुर्कोटमा सबस्टेशन र यस बिचको ३९ किलोमिटर दूरीमा प्रसारण लाइन निर्माण गर्न लागेको हो ।आयोजनाको अधिकांश काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख घोषले बताए ।

आयोजनाले सबस्टेशनमा जडान गरिएका उपकरणको परीक्षणलाई समेत अघि बढाएको छ । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न एशियाली विकास बैंकको सहयोगमा प्रसारण लाइनका साथै दाना र खुर्कोटमा सबस्टेशन निर्माण भएको हो।

प्रसारण लाइन र सबस्टेशन बनाउन सन् २०१६ मा रु दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना दुई वर्ष वर्ष ढिला गरी सकिन लागेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर क्षेत्रमा जग्गाधनीसँगको विवाद र वन क्षेत्रको जग्गा प्राप्तिमा भएको ढिलाइले आयोजना निर्माण दुई वर्षपछि धकेलिएको हो ।

Leave a Reply