अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

भर्चुअल कविता वाचन प्रतियोगितामा न्यू होराईजनकी रेजिना सुबेदी प्रथम

On: December 12, 2020 11:32 AM
Follow Us:

माउण्ट एभरेष्ट आवासीय माविको अनलाईन फोरमद्धारा आयोजित भर्चुअल कविता वाचन प्रतियोगितामा पर्वतबेनीमा अवस्थित न्यू होराईजन आवासीय माविकी छात्रा रेजिना सुबेदी प्रथम भएकी छन् ।

‘कोरोना र महिला सशक्तिकरण, नेपालको समसामायिक राजनितिक विषय’ शिर्षकमा आयोजित प्रतियोगितामा बेनी आवासीय माविकी छात्रा आयुष्मा तिमिल्सिना, बेनी आवासीयका अभिनव आचार्य तृतिय, न्यू वेष्ट प्वाइन्ट आवासीय माविकी सिल्पिका जिसी र लिटल गार्डेन एकेडेमीकी अश्मी परियारले सान्त्वना पुरस्कार प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक राजु केसीले बताए ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी अनलाइनको माध्यमबाट आयोजना गरिएको आयोजकले जनाएको छ । आगामी दिनमा विभिन्न विषयमा यस्तै रचनात्मक कार्यहरु अनलाइनमार्फत गर्ने गरी विद्यालयले अनलाइन फोरम नै गठन गरेको छ।

प्रतियोगितमा १९ जनाको सहभागिता रहेको थियो प्राविधिमैत्री शिक्षक समाज नेपालमा महासचिव देविप्रसाद शर्मा (शिव सस्मित) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगितामा सगरमाथा साहित्य प्रतिष्ठानका सदस्य दिप शारदा, नेपाल साहित्य समाज कोरियाका सदस्य सुन्दर बरुवालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

जेनिशा पुरी

जेनिशा पुरी बेनीअनलाइन संवाददाता हुन