म्याग्दीको बेनी नगरपालिका–७, मुस्लिम सुकुम्बासी बस्तीकी ४० बर्षिया जमिल बेगमलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले उपचारमा आर्थिक सहयोग गरेको छ ।

दुवै मृगौला फेल भएको एकबर्षसम्म डायलासिस र नियमित औषधीका लागि सहयो खोजीरहेकी बेगमलाई सामाजिक विकास मन्त्रालयबाट ५० हजार सहयोग गरिएको मन्त्री नरदेवी पुनका स्वकिय सचिव प्रकाश पौडेलले बताए । मृगौलामा खरावी आएपछि बेगमले डायलासिससँगै विहान, दिउँसो र बेलुकी आफ्नै दाजु रहमद खाँले बनाउने गरेको जडिबुटी खाएर बस्ने गरेकी छन् ।

ब्लड प्रेसरले मृगौला खराव गरिदिएपछि आफन्तको सहयोगमा दुईपटकसम्म पोखरामा उपचारका लागि पुगेपनि आर्थिक अभावले उपचार रोकिएको समाचार बेनीअनलाइनले प्रकाशित गरेपछि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटेपछि सहज भएको बताइएको छ ।

तीन छोरी र एक छोराको पालनपोषण, शिक्षादिक्षाका लागि ब्यापार गरी जोडेको पैसा उपचारमा सकिएपछि थप उपचारमा पोखरासम्म जाने अवस्था नभएपछि चारमहिनासम्म जडिबुटीकै भरमा घरमै बसेकी थिईन् । मन्त्रालयले आवश्यक प्रक्रिया पुरा गरेर आएका थप २ जना बिरामीलाई समेत आर्थिक सहयोग उपलब्ध गराउने गरेको छ भने बिरामीलाई अस्पतालमा उपचारमा समस्या परेमा तत्कालै कर्मचारी समेत खटाएर सहजिकरण गर्ने गरिएको जनाइएको छ ।

 

Leave a Reply