---Advertisement---

प्रधानाध्यापक श्रेष्ठको हत्यारामाथि कारबाही गर्न शिक्षक संगठनको माग

On: December 14, 2020 12:08 PM
Follow Us:

एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीले मोरङको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्यारा पहिचान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। सोमबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाउँदै शिक्षक हत्याको भत्र्सना गदै कडा कारवाहीको माग गरेको हो ।

संगठनका केन्द्रिय सचिव एवम् गण्डकी प्रदेश संयोजक सोमनाथ ढुंगाना, नेपाल शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुबेदीले प्रजिअ उमकान्त अधिकारीलाई ज्ञापनपत्रमार्फत हत्यामा संलग्न पार्टीका कार्यकर्ताको खोजी गरी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

ज्ञापनपत्रमा जिल्ला संगठन म्याग्दीका सचिव गोविन्द शर्मा र जिल्ला अध्यक्ष होमनाथ पाण्डेको हस्ताक्षर रहेको छ । ‘श्रेष्ठको अपहरणपछि गरिएको बिभत्स र नृशंस हत्यालेस्तब्ध र आक्रोशित बनाएको छ’ केन्द्रिय सचिव ढुंगानाले भन्नुभयो। इमानदारी र कर्तव्यपरायणताका साथ शिक्षण पेसामा कर्तव्यरत शिक्षकको बर्बर र आततायी ढंगबाट गरिएको कायरतापूर्ण हत्याको निन्दा गरेको छ। विज्ञप्तिमा जुनसुकै नाम तथा बहानामा हत्या गरिएको भए तापनि तत्काल दोषीको पहिचान, गिरफ्ता र हदैसम्मको कारबाही, हत्या गरिएका शिक्षकलाई माग गरिएको छ।