नेपाली कांग्रेस म्याग्दीका नेताले नेकपालाई फुटबाट जोगिएर अर्को निर्वाचनमा भिड्न चेतावनी दिएका छन् । जनतालाई आश्वासन दिएर निर्वाचन जितेपनि जनतामा कुनै परिवर्तन नआएको आरोप लगाए ।

नेपाली कांग्रेस म्याग्दीले सोमबार सरकारविरुद्ध गरेको शक्ति प्रदर्शनको क्रममा आयोजित कोण सभामा पार्टी सभापति खम्बीर गर्बुजाले म्याग्दीका बाढीपहिरो पीडितलाई सरकारले अपमान गरेको बताउँदै राहत, पुर्नवास लगायतका कार्यहरुमा ढिलाई भइरहेको बताए ।

‘विपद्ग्रस्त जिल्ला घोषणा गर्न सरकारले आनकानी गर्यो,‘सरकारी राहत नआउँदा कांग्रेसले घरदैलोमै राहत साम्रागी लिएर गयो,‘अझैपनि जनतालाई सरकारी राहत प्रयाप्त छैन’ सभापति गर्बुजाले भने । उनले चुनावमा दुई कम्यूनिष्ट मिलेर शक्ती केन्द्रित गर्दा पनि मैदानमा पराजित भएको स्वीकार गदैं जनतालाई चुनावमा बाँडेको आश्वासन पुरा नगरेको आरोप लगाए ।

‘‘तपाईहरु अहिलेकै अवस्थामा चुनावमा भेट्न आउनुहोस्,‘अवको चुनावमा सिंगो नेकपासँग भिड्ने रहर छ’ सभापति गर्बुजाले भने । २०६४ सालको चुनावमा ७ हजार मत रहेको कांग्रेसले अघिल्लो चुनावमा दुई वटा कम्युनिष्ट मिल्दा समेत जम्मा २२ सय मतअन्तर परेको बताउँदै अवको चुनावमा ३० हजार मत कांग्रेसको खातामा हुने गरी चुनावी तयारीमा जुटेको बताए। ‘हामीलाई बत्ती बालेर खोज्नुपर्छ भन्नेहरुलाई सडकको ताँती देखेर चकित भएका छन्,‘बत्ती बोल्दा पनि नभेट्ने अवस्थामा नेकपाको टोली पुग्छ’ गर्बुजाले भने ।

त्यस्तै पूर्व सभापति एवम् संविधानसभाका सदस्य रेशमबहादुर बानियाँले संवैधानिक निकायहरु कब्जा गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षणमा भ्रष्टाचारमा संलग्नहरुलाई संरक्षण भइरहेको आरोप लगाए । ‘महत्वपूर्ण निकायहरुलाई बालुवाटार भित्र राखेर आफ्ना निकट र आसेपासेले गरेको भ्रष्टाचारजन्य गतिविधिको संरक्षणका साथै दोषीलाई कारवाहीको दायरमा ल्याउनबाट प्रधानमन्त्री नै अग्रसर हुनुहुन्छ’ उनले भने ।

‘बालकोटमा बस्नेहरुबाटै करोडौं अनियमितता भयो,‘मुद्धा अगाडी बढाउने निकायलाई बालुवाटारमा राखेर अवरोध गर्नुभयो’ बानियाँले भने । उनले लोकतान्त्रिक गणतन्त्रमा प्रधानमन्त्री ओलीले शक्ती केन्द्रित गरी देशलाई जटिल मोडमा लैजाने प्रयास गरेको बताए । ‘ठूलो घोटलामा संलग्नहरु प्रधानमन्त्रीकै नजिक छन्,‘इतिहासकै भ्रष्ट सरकारको बिरुद्ध बोल्न ढिला गरे झन देश जटिल अवस्थामा फस्छ’ बानियाँले भने । उनले ओली सरकारका पुर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई आफ्नै घरमा राखेर समेत अनियमितताको मुद्धा कमजोर बनाएको बताए ।

अर्थमन्त्री बाटुवाटारको जग्गा खरिदमा संलग्न हुदाँ समेत कुनै कारवाही नभएको बताउँदै सरकारको नेतृत्वमै रहेकाहरु भ्रष्टचारमा लिप्त रहेको बताए ।

कार्यक्रममा पाट्र्री उपसभापति माधवप्रसाद रेग्मी, सहसभापति नेत्रबहादुर महत, जिल्ला सचिव तथा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव मिनबहादुर कार्की, प्रवक्ता अजयमिलन श्रेष्ठ, चुनाव क्षेत्र न. ख का सभापति कमल छन्त्याल, महिला संघकी सभापति बिमला गौचन, तरुण दलका अध्यक्ष मुकुन छन्त्याल, दलित संघका अध्यक्ष बालकुमार लामिछाने, बेनीनगर सभापति अनोद श्रेष्ठ,नेबिसंघका सभापति निर्मल खत्रीले बोलको थिए ।

 

Leave a Reply