नेपाल जेसीजको उपाध्यक्षमा म्याग्दीका सुजन बरुवालको उम्मेद्धारी

0
239

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका म्याग्दीका सुजन बरूवालको पक्षमा माहोल बन्दै गएको छ। लुम्बिनी प्रदेशको भलबारीमा हुन लागेका ४७ औं राष्ट्रिय महाधिवेशनमा म्याग्दी जेसीज २०२० को शाखा अध्यक्ष समेत रहेका बरुवालको पक्षमा माहोल बनेको महासचिव सुमन बानियाँले बताए ।

‘म्याग्दी जेसिजको छुट्टै माहोल छ,‘ कोरोनाको जोखिमका बिच पनि हामीले धेरै काम गरेका थियौं’ उनले भने । म्याग्दी जेसीजको पाँचौ बोर्ड बैठकले शाखा अध्यक्ष बरुवाललाई राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवार बनाउन गरेको निर्णय दोस्रो साधारण सभाले अनुमोदन गरेपछि बरुवालले औपचारिक रुपमा अनलाइन मार्फत उम्मेदवारी दर्ता गरेपछि चुनावी अभियानमा लागेका थिए ।

म्याग्दी जेसिजको अध्यक्षको रुपमा बरुवालले क्षमता विकाससँगै विभिन्न रचनात्मक कार्यक्रमहरुमा सहभागिता र आयोजना गरेका थिए । सन २०१४ मा म्याग्दी जेसीजको साधारण सदस्यका रुपमा जेसीज अभियानमा प्रवेश गरेका थिए।

बरुवाल सन २०१७ मा शाखाको उपाध्यक्ष, २०१८ मा कोषाध्यक्ष, २०१९ मा कार्यकारिणी उपाध्यक्ष पदमा निर्वाचित हुँदै यस बर्ष शाखाको नेतृत्व सम्हालेका थिए । कार्यक्रम संयोजक लगायतका जेसीज गतिविधिमा संलग्न भएर थुप्रै अवार्डहरु समेत प्राप्त गरेका बरुवालले युवाहरुकै क्षेत्रमा थप रचनात्मक कार्यहरु गर्नको लागि यसपटक राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

नेपाल जेसीजमा यस अघि सन २०१५ मा म्याग्दीबाट धनञ्जयकुमार श्रेष्ठले राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवार बनेर विजय भएका थिए । नेपाल जेसीजमा १ अध्यक्ष, ४ कार्यकारिणी उपाध्यक्ष र १२ उपाध्यक्ष पदका लागि निर्वाचन हुने गर्छ । हरेक बर्ष नेतृत्व हस्तान्तरण हुने जेसीजमा एक व्यक्ति एक पदमा एक पटक मात्रै रहन पाउने प्रावधान रहेको छ ।