पर्वत कारागारमा थुनामा रहेको अवस्थामा बेहोस भएका सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द् (विप्लब) नेतृत्वको नेकपा म्याग्दीका जनसरकार प्रमुख जगेन्द्र पुन (जगत) को निधन भएपछि पार्टीका महासचिव विप्लवले विज्ञप्ती निकालेर उक्त घटना छानबिन गर्न मानवअधिकारवादीहरूसमक्ष आह्वान गरेका छन् । महासचिव विप्लवले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी राज्यको नियन्त्रणमा रहेको र बिरामी अवस्थामा समेत उपचार नपाई नेता जगतको मृत्यु भएको आरोप लगाएका हुन् ।

‘म्याग्दीका लोकप्रिय नेता कमरेड जगेन्द्र पुन ‘जगत’ को अस्वाभाविक मृत्युको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको महासचिव विप्लवले विज्ञप्तिमा उल्लेख छ ।  तत्कालिन माओवादी जनयूद्धमा भूमिगत समेत भएकामालिका गाउँपालिका–३ अदिभाराका ५८ वर्षीय पुनलाई अभद्र ब्यबहार सम्बन्धी मुद्दामा जिल्ला कारगार पर्बतमा थुनामा रहेकै अबस्थामा उच्च रक्तचापको कारण बेहोस भई ढलेपछि उपचारका लागि पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको हो ।

सघन उपचार कक्षको भेन्टिलेटरमा राखिएका पुनलाई अस्पतालले सोमबार अपराहन्न मृत घोषणा गरेको परिवारका सदस्यले बताएका छन् । मंसिर २४ गते दिउँसो १२ बजे पर्वत कारागारमा बेहोस भएका पुनलाई पोखरा लगेर भेन्टिलेटरमा राखिएको थियो ।

पुनका आफन्तहरुले भने प्रशासन र सुरक्षा निकायले नियमित र समयमै औषधी उपचारमा ध्यान नदिएको तथा लापरबाहीका कारण मृत्यु भएको बताउँदै शब बुझ्न अस्विकार गरेको केही समयपछि पार्टीकै केन्द्रिय महासचिवले विज्ञप्ती निकाल्नुुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

२०७६ फागुन ९ गते पहिलो पटक घरबाटै पक्राउ गरेर अभद्र ब्यवहार सम्बन्धी मुद्दा चलाइएको थियो । त्यसै गौहत्या सम्बन्धी अर्को मुद्दा लगाइएका पुनलाई अदालतले ५४ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

गौहत्या मुद्दामा छुटेलगत्तै दोस्रो पटक गिरफ्तार भएका पुनलाई जिल्ला प्रशासन कार्यालयले अभद्र ब्यवहार मुद्दामा मागेको एक लाख १८ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि म्याग्दी कारागार चलान गरिएको थियो । जग्गा रोक्का राखेर धरौटी बुझाएपछि रिहा भएलगत्तै तेस्रो पटक पक्राउ परेका पुनलाई अभद्र ब्यवहार सम्बन्धी मुद्दामा पर्वत स्थानान्तरण गरिएको थियो ।

गत कात्तिक तेस्रो हप्ता पर्वत लगिएका पुनलाई पर्वत जिल्ला अदालतले मागेको ५० हजार रुपैयाँ धरौटि तिर्न नसकेपछि कारागार चलान गरिएको थियो । खेति किसानी गरेर जिबिकोपार्जन गर्दै आएका पुनको स्थायी घर डाडागाउँ भएपनि केही समययता अदिभारामा बस्दै आएका छन् ।

उनको श्रीमतिको केही महिना अघि निधन भएको थियो । पुनका छोरा हिमालले राजनीतिक आस्थाका आधारमा उपचारमा हेलचेक्राई भएको र बिरामी भएपछि परिवारलाई समयमै खबर नगरेको आरोप लगाएका छन् । यता म्याग्दीमा विप्लव माओवादीका नेताकार्यकर्ताको खोजीमा सुरक्षा निकायले सफलता प्राप्त गरेको जनाएको छ । सरकारले प्रतिबन्ध लगाएपछि म्याग्दीका प्रभावशाली मानिने

Leave a Reply