सन १९९० को दशक देखी ईन्टरनेट क्रान्ती सुरु भयो । छोटो समयमै ईन्टरनेट क्रान्तीले हजारौ बर्ष देखी चलेको भौतिक तथा बैचारिक विकास गतिमा घाताङ्कीय बृद्धि सुरु गराईदियो । अहिले गासँ, बास, कपास पछिको आधारभुत आवश्कताका रुपमाईन्टरनेटको विकास भएको छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने पनी ईन्टरनेटको विस्तार सन्तोसजनक रुपमा अघी बढेको छ । मोवाईल ईन्टरनेटमा त ठुलो क्रान्ती नै आईसकेको छ । ईन्टरनेटको शुल्क र गति पनी विस्तारै समायोजान र सन्तुलित हुदै छ। तर ग्रामिण भेगमा ईन्टरनेटको विस्तार र प्रयोगको गति अत्यन्त सुस्त रहेको छ ।

नेपालका सहरी क्षेत्रको सन्दर्भ लिएर रघुगंगालाई दाज्ने हो भने ईन्टरनेटको पहुच र प्रयोग अत्यन्त न्युन रहेको छ । (यो अधिकांश ग्रामिण भेगको समस्या हो । र अबको न्यायोचित विकासका लागी सबै क्षेत्रमा ईन्टरनेटको व्यापक विस्तार र प्रयोगमा ध्यान दिन जरुरी छ ।) यहाँको तल्लो भेगमा मोवाईल ईन्टरनेटको पहुच सन्तोसजानक भएपनी माथिल्लो भेगमा मोवाइल ईन्टरनेटको पहुँच र प्रयोग अत्यन्त न्युन रहेको छ ।

तल्लो भेगमा मोवाईल ईन्टरनेट सहित फाईवर ईन्टरनेटको निजी लगानिमा विस्तार भैरहेको छ । यो सन्तोषजनक कुरा हो । तर ग्रामिण भेगमा हुने छरिएका बस्तीका कारण फाईबर ईन्टरनेटले सोचेजती भुगोल समेट्न नसकेको अवस्था रहेको छ । माथिल्लो बस्तीमा महाविर पुनको नेतृत्वमा केही सार्वजनिक स्थान र विद्यालयमा वाईरलेस ईन्टरनेटको बिस्तार भएको भएपनी संरक्षण र बिस्तारको काम अघी बढ्न सकिरहेको छैन् । तर पछिल्लो समय नेपाल सरकारले विद्यालय, स्वास्थचौकी लगायतका सरकारी निकाएलाई प्रथामिकतामा राख्दै ईन्टरनेटको बिस्तार सुरु गरेको छ ।

अब के ?

अबका दिनमा ईन्टरनेटको विस्तार प्रत्येक स्थानिय तहको प्रमुख प्राथामिकता रहनु पर्छ ।रघुगंगा गाउँपालिकाले पनि भोगोलिक अवस्थाको अध्ययन गर्दै ईन्टरनेट पुर्वाधार विस्तार र व्यवस्थित गर्न करिब ३ देखी ५ करोड रुपैयाँ लगानी गर्नु अबको आवश्यकता हो । ईन्टरनेटको पुर्वाधार विस्तारले यहाँको विकासको सबै क्षेत्रमा संरचनात्मक परिवर्तनको सकरात्मक लय समात्न सुरु गर्नेछ । रघुगंगामा कालिगण्डकीको तिरदेखी धौलागिरीको फेदसम्म समान किसिमले ईन्टरनेटको विस्तार गर्नु अबको माग र आवश्यकता हो ।

अर्थ लगानी र व्यवस्थापनः

यो कार्यक्रमको आर्थिक व्यवस्थापन सरकारी र निजी लगानि मोडलमा संचालन गर्नु पर्छ । प्रत्येक घरधुरी नम्बर कायम गरी परिवारको आर्थिक बर्गिकरणका आधारमा प्रयोग शुल्क तय गर्नु उचित रहनेछ ।

ईन्टरनेटको बिस्तारपछी हुने आधारभुत संरचनात्मक परिवर्तनः

शिक्षाःईन्टरनेटको सहज विस्तार र पहुचले ओईलाइरहेको र समय सापेक्ष हुन नसकेको स्थानीय शैक्षिक प्रणालीमा सकरात्मक परिवर्तनको बाटो चौडा हुनेछ । शिक्षण र सिकाई पद्धतीमा प्रविधी र प्राविधीक जनशक्ती जोडिदै गयो भने ब्रेन ड्रेनको समस्याको केही हदसम्म निकास हुनेछ ।

स्वास्थ्यः स्वास्थ्य क्षेत्र सुधारका लागी दिर्घ बिरामीहरुको ट्रयाकिङ् गर्न ईन्टरनेटको विस्तारले सहज हुनेछ । हस्पिटलका औषधी र सेवालाई मोवाईल एप्स मार्फत आम नागरिक तथा सम्बन्धीत निकाएले सहजै निरिक्षण गर्न मिल्ने बनायो भने निजी औषधालयहरुको हालिमुहाली कम हुनेछ ।

सरकारी सेवाः आजका दिनसम्म पनि रघुगंगाका अधिकांश वडा कार्यालयमा स्थानीय जनप्रतिनीधीहरु ईन्टरनेट विस्तारलाई आवश्यकता महसुस गर्दैनन् । स्थानीय गतिविधीको जानकारी र सेवा प्रवाहमा सहजता र वडा प्रविधीमैत्री हुन बाध्यकारी हुनेछ ।

पर्यटनको विस्तारः रघुगंगा पर्यटन क्षेत्र ठुलो सम्भावना बोकेको क्षेत्र हो । सबै क्षेत्रमा ईन्टरनेटको सहज पाहुच र पर्यटकिय क्षेत्रको गुगल म्यापिङ गर्ने हो भने पर्यटन क्षेत्रमा उल्लेख्य सुधार हुनेछ । आदी ।।

अब हामी तेस्रो विश्वबाट पहिलो विश्वमा छिर्न सक्ने आधार ईन्टरनेटको विस्तार  र उचित प्रयोगले मात्र सम्भावना रहने छ । ईन्टरनेटको प्रयोग विषयगत क्षेत्रमा कसरी प्रयोग गरेर संरचनात्मक सुधार ल्याउन सकिन्छ भन्ने वहस अन्य विषयगत भागमा गर्नेछु । धन्यबाद ।।

क्रमश..

 

Leave a Reply