राजसंस्थाको माग गर्दै बुधबार बागलुङ बजारमा प्रदर्शन भएको छ । स्वतन्त्र राष्ट्रिय युवा मोर्चाको आयोजनामा संबैधानीक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग मोटरसाइकल ¥याली सहित बागलुङमा प्रदर्शनी गरिएको हो । बागलुङको कालिका भगवती मन्दिरको गेटबाट सुरु भएको र्‍याली बागलुङ बजारको समिक्षालय चोक, गुठी, देउराली चोक, लालिगुराँस चोक, शिवधारा चोक, जीपपार्क, धौलागिरी चोक हुँदै लोकतान्त्रिक चोकमा पुगेर सकिएको थियो ।¥यालीमा सहभागी युवाहरुले राष्ट्रिय झण्डा बोकेका थिए । सहभागी अधिकांश युवाहरु थिए । उनीहरुले ‘राजा आउ देश बचाऊ’, ‘राष्ट्रिय एकता जिन्दावाद’, ‘देशमा सञ्चालीत राष्ट्राती कदमहरु खरज गर’, ‘सम्पूर्ण नेपाली एक होऔं’, ‘चाइयो चाइयो राजा चाइयो’, ‘हिमाल, पहाड, तराई कोहि छैन पराई’, ‘गल्ली, गल्लीमा सल्लाह छ राजा ल्याउने हल्ला छ’ लगायतका नारा लगाएका थिए । तस्विरः अर्जुन कार्की

Leave a Reply