अचानक कलेजोमा खरावी देखिएपछि भारतको मुम्बईस्थित अस्पतालमा उपचारर्थ एक म्याग्देलीलाई सदरमुकाम बेनीका करिब दुई लाख आर्थिक सहयोग जुटाएका छन् ।

बेनी नगरपालिका-८ न्यूरोडका जिवनकुमार विश्वकर्मा, राधाकृष्ण ढकाल,राजु बानियाँ, दिनेश ढुंगाना, सन्तोष बोगटी, लिलाराम गौतम लगायतको अगुवाईमा धवलागिरी गाउँपालिका–७, ताकम धारापानीका ५३ बर्षिय खड्कबहादुर थापाको उपचारमा १ लाख ८६ हजार ५ सय आर्थिक संकलन गरिएको हो ।

आर्थिक अभाव भएपछि अप्रेशन सरेको र कुन मितिमा हुने एकिन नभएको अवस्थामा न्यूरोडबाट विदेशमा रहेका र बजारभित्र उक्त आर्थिक संकलन गरी परिवारको खातामा जम्मा गरिएको अभियानको संयोजन गरेका राधाकृष्ण ढकालले बताए ।

‘साथीभाईभित्र मात्रै संकलन गरिएको आर्थिक हस्तान्तरण गरिएको छ,‘थोरै भएपनि उपचारमा सहज हुने अपेक्षा गरेका छौ’ ढकालले भने । उनले केही साथीहरुले उक्त सहयोग बाहेक पनि सिधै पीडितलाई हस्तान्तरण गरेको बताए ।

अभियानका संयोजकर्ता ढकालले उपचारमा ३० हजार, म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जिवनकुमार विश्वकर्माले २५ हजार लगायत ३५ जनाले आर्थिक सहयोग गरेका छन् ।

कलेजो पीडित थापा न्यूरोडमै बसोबास गर्छन् । अस्पताल प्रशासनले शल्क्रक्रिया लगायत आवश्यक उपचारका लागि रकम जम्मा गर्न भनेपछि आर्थिक अभाव भएको समाचार बेनीअनलाइनमार्फत सार्वजनिक समेत भएको थियो ।

नियमित चेकजाँच र औषधी लगायतको खर्चको अभाव भएपछि पीडितकी श्रीमति यामु थापाले सहयोगको याचना गरेकी छन् । नियमित उपचार तथा कलेजो प्रत्यारोपणमा खर्च जुटाउन नसक्ने अवस्था भएपछि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोष सहित धारापानीबासीले आर्थिक सहयोग जुटाइरहेका छन् ।

निर्माण सम्बन्धि काम गर्ने थापा जेठ महिनादेखि अस्पतालमा भर्ना भएपछि कोष बाहेक धारापानीबासी, बेनीमा क्षेत्री समाजमा आवद्ध भएकाले समेत सहयोग जुटाइरहेका छन् । नियमित उपचारमा करिब २० लाखभन्दा धेरै खर्च हुने अनुमान गरिएको छ ।

Leave a Reply