---Advertisement---

अर्मनका डोजर चालक तीनदिन देखि बेपत्ता

On: December 16, 2020 10:52 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका-५, अर्मन धारा बस्ने टिकवाङका एक यूवा ३ दिनदेखि वेपत्ता छन् । लेनदेनको काम रहेको भन्दै छिमेकी जिल्ला बागलुङ गएका ३८ बर्षिय भिम बहादुर बिकले सोमबारदेखि सम्पर्कबिहिन रहेको परिवारले बताएका छन् । तिन दिनसम्म पनि सम्पर्कमा नआएपछि खोजीकार्यका लागि प्रहरीमा निवेदन समेत दिएको बेपत्ता विककी बहिनी रजनी विकले बताईन् ।

‘डोजर चालक हुनुहुन्छ,‘उहाँले आफ्नो कामको पैसा लिन जान्छु भन्नुभएको थियो’ उनले भनिन् । ‘आफुँ आवद्ध कम्पनीसँग पैसा लिन जान्छु भन्नुभएकाले बेपत्ता हुदाँ घरमा रुवावासी चलेको छ,‘खोजीकार्यमा सबैले सहयोग गर्न अपिल गर्छु’ उनले भनिन् । बेपत्ता चालकको ३ छोरा १ छोरी छन्।

घरपरिवारको सम्पर्कमा नआएपछि खोजीकार्यको क्रममा खनियाघाँट आसपासबाट सम्पर्क विहिन भएको बताइएपनि सत्यतथ्य पत्ता लगाउन प्रहरी समक्ष बेपत्ता विकाका परिवारले माग गरेका छन्। बेपत्ता विकले लामो समयदेखि डोजरमा काम गदैं आएका थिए ।