---Advertisement---

वेष्ट पोइन्टले मनायो विद्यालयको २८ औं वार्षिकोत्सव

On: December 17, 2020 10:07 AM
Follow Us:

बेनी स्थित न्यु वेष्ट पोइन्ट आवासीय माविले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ  । स्थापनाको २७ वर्ष पुरा गरेको अवसरमा पुस १ गते विद्यालयले एक कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हो । कोभिड-१९ का कारण यस वर्ष विद्यालयले एक अन्तरक्रियात्मक कार्यम गरि मनाएको  जनाएको छ ।

विद्यालयको  सभा हलमा शिक्षक अभिभाबक संघ, विद्यालय  ब्यबस्थापन समिति, वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन र शिक्षक हरुबीच अन्तरक्रिया गरि मनाएको हो । कार्यक्रममा कोभिड १९- का कारण विद्यालय शिक्षामा परेको प्रभाव विषयमा अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा प्रिन्सिपल डिवी दाहालले  संक्षिप्त प्रतिबिदेन  प्रस्तुत गर्दै अझै पनि अवस्था सामान्य नरहेको र यस्तै अवस्थामा पनि नेपाल सरकारको विद्यालय संचालन सम्बन्धि निर्देशिका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै दुइ सिफ्टमा विद्यालय संचालन गरेको र यो शैक्षिक सत्रलाई खेर जान नदिन विद्यालयले पुरै प्रयास गरेको बताउनु भयो ।

अभिभाक शिक्षक अभिभाक संघका सदस्य हिरा बहादुर बरुवाल, सल्लाहकार विष्णु रोका मगर शिक्षक अभिभाक संघका अध्यक्ष  दिलकुमार श्रेष्ठ लगायतले कोराना का कारण सृजित समस्या र चुनौतीलाई अवसरमा बदल्नु पर्ने बताउनु भयो ।कार्यक्रम वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसनका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता भाइस प्रिन्सिपल सरोज लकान्द्रिको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन शिक्षक कृष्ण जिसीले गरेको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।