सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको जिल्लामा जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन सुरु गरेपनि विपद्मा ठूलो जनधनको क्षती भएको म्याग्दीमा भने विज्ञको टोली परिचालन गर्ने कुनै सुरसार देखाएको छैन् ।

बाढीपहिरोबाट ठूलो जनधनको क्षती हुने जिल्लामा पर्ने म्याग्दीलाई विपद् सङ्कटग्रस्त क्षेत्रको सूचीमा समेत नराखेपछि चौतर्फी आलोचना भइरहेको अवस्थामा प्रवासी म्याग्देलीले पुर्नवास अभियानमा आर्थिक जुटाएपनि विज्ञको टोली नआउँदा पुर्नवासको अभियान नै प्रभावित भएको हो ।

असार महिनाको २५ गते बाढीपहिरोले विस्थापितको पुर्नवासमा आवश्यक पर्ने जग्गाको ब्यवस्थापन सहित पुर्नबासका लागि स्थानीय तहले भौगर्भिक अध्ययन टोलीको पखाई रहेको बताएका छन् । स्थानीय तहले पुर्नवासका लागि सम्भावित स्थानको पहिचान गरेपनि प्रभावकारी काम गर्न सकेका छैनन्। विस्थापितहरुले बसोबासका लागि सुरक्षित स्थानको भौगर्भिक अध्ययन हुने प्रजिअ उमाकान्त अधिकारीले बताए ।

‘विस्तृत भौगर्भिक अध्ययन गर्न विशेषज्ञसहितको टोली पठाउन अनुरोध गरेका छौ,‘भौगर्भिक अध्ययन र विस्थापित बस्तीको पुनःनिर्माणका लागि लगातार पहल भइरहेको छ’ प्रजिअ अधिकारीले भने ।

जिल्लाको ६ वटै स्थानीय तहको पहिरोग्रस्त क्षेत्र अध्ययनका लागि बस्तीहरु समेत छनोट गरिएको बताए । भौगर्भिक अध्ययन विना बस्ती विस्तार गर्दा भविस्यमा थप जोखिम हुने भएकाले विज्ञको टोलीको पर्खाइमा रहेको लामो समय वितिसक्दा पनि संघीय सरकारले पठाउने पहल नगरेपछि समस्या भएको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ ।

मालिका–७ बिममा घर र जग्गा सबै पहिरोमा गुमाएका १२ परिवारका लागि घर निर्माणको तयारी भएपनि अन्य स्थानमा अन्यौल रहेको बताइएको छ । ‘विस्थापितलाई बैकल्पिक ठाउँको ब्यवस्था मिलाइएपनि स्थलगत अनुगमनको अभावमा समस्या भइरहेको छ,‘प्रजिअसँग समन्वय गरी थप चासो दिएका छौ’ रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।

उनले सबैभन्दा धेरै प्रभावित भएका वडाभित्र बैकल्पिक स्थानको ब्यवस्था मिलाइएकाले विज्ञको टोलीले दिएको सुझाव अनुसार पुर्नवासको अभियानमा लाग्ने बताए । पहिरोबाट जिल्लाभरी अति प्रभावित ८१ वटा बस्तीका एक हजार ८६ घर पुननिर्माण र स्थानान्तरणका गर्न सिफारिस गरिएको छ ।

पूर्णरुपमा विस्थापित भएका, जोखिमयुक्त बस्ती स्थानान्तरण र क्षतिग्रस्त भौतिक संरचना पुनःनिर्माणका लागि विज्ञको टोलीको स्थलगत अनुगमन, माटो परीक्षण, बजेट मुख्य चुनौति बनेको छ। जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक समेत रहेका प्रजिअ अधिकारीका अनु्सार पहिरोले भत्किएर पूर्ण क्षति भएका २४७ घर पुननिर्माण र जोखिमयुक्त ८२१ घर स्थानान्तरण गर्न गृह मन्त्रालयमा सिफारिस भएको छ ।

धवलागिरी गाउँपालिकाको १५ वटा बस्तीका २०९ घर, मालिकाको २२ वटा बस्तीका ३७५ घर, अन्नपूर्णका ८ वटा बस्तीका १३७ घर, मंगलाका ९ बस्तीका १००, रघुगंगाको १५ बस्तीका १६१ र बेनी नगरपालिकाको १२ बस्तीका ८६ घर पुननिर्माण र अन्यत्र सार्न सिफारिस गरिएको जिल्ला विपद् ब्यवस्थापन समितिले जनाएको छ । यसबर्ष म्याग्दीमा पहिरोका कारण ३१ जनाको मृत्यु र ६ जना बेपत्ता भएका छन् भने अरवौंको भौतिक संरचनामा क्षती पुगेको छ ।

Leave a Reply