अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

कुईनेमंगलेको चौरखानीमा जमिन भाँसिदा बस्ती जोखिममा (फोटो फिचर)

On: December 17, 2020 10:38 AM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिका-८,चौरखानीमा जमिन भाँसिदा नरप्रसाद छन्त्यालको घर भत्किएको छ । बस्तीमाथिको भिरमुनीको जमिन भासिएसँगै अधिकांस घर चर्किएको छ भने खेत, पाखोबारीको बीचबीचमै भ्वाङ परेपछि  वरपर १४ घरधुरी उच्च जोखिममा छन्।  हिउँदको समयमा पनि पहिरोको जोखिमले विस्थापित हुनु परेको छ ।

रातको समयमा चर्किएको घरका बासिन्दा आसपासको क्षेत्रमा रहेको भवनमा बस्दै आएका छन्। बस्तीमाथिको खेतबारी र वन जङ्गल गरी डेढ सय रोपनी जमिन चिराचिरा परेर दुई मिटरको गहिराइसम्म फाटेको चौरखानी टोल सुधार समितिका संयोजक रामप्रसाद छन्त्यालले बताए। ‘जमिन भाँसिने र फाट्ने भएपछि उक्त खेतबारीमा स्थानीयले बाली लगाउन छाडेका छन्,‘बस्तीभित्रका घरहरु चर्किएर त्रासमै विताउन बाध्य छौ’ छन्त्यालले भने । उनले अविरल बर्षासँगै बस्ती आसपासको जमिन भाँसिदा विस्तापित भएका स्थानीयलाई बस्ती आसपासका क्षेत्रमा जग्गाको ब्यवस्थापन गरिएपनि स्थानान्तरणका लागि आवश्यक सरकारी प्राविधिक सहयोग नहुदाँ समस्या भएको बताए।‘दैनिक घर छोडेर अन्यत्रै रात विताउनुपरेको छ,‘अर्को बर्खामा पनि यस्तै हालत हुने चिन्ता छ’ रघुगंगा आधारभुत विद्यालयका प्रधानाध्यापक चन्द्र छन्त्यालले भने ।उनले बर्खाको समयभन्दा अहिले बस्ती थप खतरामा परेको बताए। ‘भाँसिएको जमिन चर्किने क्रम रोकिएको छैन्,‘कुनैपनि बेला भयानक क्षतीको जोखिम छ’ छन्त्यालले भने । स्थानीयले आफ्नै जमिनमा नयाँ संरचना बनाउन गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीसँग भौगर्भिक अध्ययन गर्ने विज्ञको टोली पठाउन समेत माग गरेका थिए । पुर्खाले जोडेको जमिन चिराचिरा परेपछि कहाँ गएर बस्ने भन्ने चिन्ताले सताउन थालेको बताउँदै स्थानीयले स्थानीय, प्रदेश र संघीय सरकारलाई राहतभन्दा पुर्नवासकै अभियान लिएर आउन अनुरोध गरेका थिए । यता कुईनेमंगलेकै दुवाडीमा बाढीपहिरोले करिब ५ सय रोपनी खेतीयोग्य जमिन पुरिदिएपछि स्थानीय बिचल्लीमा परेका छन्। बस्ती नजिकबाट खसेको बाढीले मनबहादुर छन्त्याल, निरप्रसाद छन्त्याल, मंगली विक, भुमिप्रसाद पुनको घर पूर्णरुपमा क्षती भएको छ भने १८ जनाको खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।‘भएको घरखेत पहिरोले पुरिदियो,‘अब बैकल्पिक बस्ने ठाउँको खोजीमा छौ’ निरप्रसादले भने । उनले घरको एकतलासम्म बाढीले पुरेको अवस्थामा रहेकाले अर्को ठाउँमा बस्दै आएको बताए । बाढीपहिरो ग्रस्त क्षेत्रमा बस्ने अवस्था नभएको बताउँदै भविस्यमा थप क्षतीको जोखिम रहेको बताए ।स्थानीय बाढीपहिरो पीडितले तत्काल अर्को ठाउँमा बस्ती सार्न न जग्गा छ न पैसा भन्दै सहयोगको याचना समेत गरेका छन् । यता वडा अध्यक्ष गमन छन्त्यालले स्थानीयको समस्यालाई मध्यनजर गरी गाउँपालिकामार्फत पुर्नवास सहितको कार्यमा सक्रिय भएको बताए ।‘वडाभित्र जग्गाको समस्या छैन्, विज्ञको टोलीले विकल्पहरु मध्ये उपयुक्त ठाउँ तोकिदिए सहज हुन्छ’ वडा अध्यक्ष छन्त्यालले भने । उनले विस्थापितको पुर्नवासमा समुदायस्तरबाट समेत सहयोग जुटाउने, प्रवासीको पुर्नवासले समेत केही सहज हुने बताउँदै विज्ञको टोली आएमा आउँदो बर्खाभित्र समस्याको समाधान गर्न सकिने बताए ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।