पुनम निउरे केसी\ मिति २०६८÷०२÷२८ गतेको दिन धन कमाउने सपना बोकेर विदेशिएको ठूलो भाइ गएको ऋण तिर्न नपाउँदै साथी बचाउने क्रममा परिबन्धमा परेको खबर आयो । साथी बचाउन खोज्दा पनि साथी त बचेन तर उसलाई आफू निर्दोष भएर पनि नचाहँदा नचाहँदै अर्काको देशको कानूनमा फस्नुप¥यो ।

यो घटनाले परिवारलार्य मात्र नभई सारा आमनेपालीलाई दुखद बनायो । घरमा बिहान बेलुकी छाक टार्न पनि गाह्रो थियो। घर परिवारमा उसको जीवन बचाउन त कुनै विकल्प नै थिएन । यो खबरले आमालाई त झनै पागल अवस्था बनायो ।

माइतीको पीडा सहन छोरीलाई निकै गाह्रो हुँदोरहेछ । भाइले सबैसँग दुःख बिसाए तर सुनिदिने सबै निस्के अगाडि बढेर काम गरिदिने कोही भएन र मैंले मेरो श्रीमानसँग सल्लाह लिएँ । उहाँले मेरो सल्लाह सुन्नुभयो र मिति २०७३÷०१÷२२ देखि हामी दुवै जना भाइको बारेमा खोज तलासी गर्न थाल्यौं । त्यो समयमा म सानो छ महिनाको बालकसँग थिएँ । मेरो श्रीमान घरबाट बाहिरिनुभयो । यो भाइको लागि घरमा सानो बालकसँग मैंले संघर्ष गरें । उहाँल बाहिरको कानुन एकचोटि ६०–७० लाख ब्लड मनि तिरेमा मात्र उसको जीवन बचाउने निर्णय थियो र हामी कानूनी प्रक्रियामा चाहिने सबै किसिमका कागजपत्र पनि जम्मा गर्नुपर्ने भयो ।

नजानेका नबुझेका कागजपत्र जुटाउन हामीलाई निकै गाह्रो भयो । ६०–७० लाख निकाल्ने त सम्भावना नै थिएन । लामो समयसम्म हामी २ जनाले मात्र संघर्ष गरियो । हाम्रो सोच थियो कसैलाई दुःख नदिने तर सफल हुन सकिएन । ३ वर्ष पूरा भयो हामीले काम गरेको तर भाइको कुरा सुन्दा एकदमै जोखिम बढ्न थाल्यो ।

मैंले सबै पीडा हाम्रो गाउँको उपाध्यक्ष खरमाया दिदीलाई बताएँ । उहाँलाई हाम्रो घरको वास्तविक कुरा सबै थाहा थियो । मेरी आमालाई बोलाएर केही दुःखको भिडियोहरु खिचेर भाइरल बनाइदिनुभयो । ब्लडमनि ६०–७० को लागि सबै मिलेर जम्मा गर्ने हल्ला दिँदा गण्डकी प्रदेशका माननीय मन्त्रीज्यू नरदेवी कहाँ पठाउनुभयो । मन्त्री नरदेवी पुनज्यूको सल्लाहकार चन्द्रमणि सापकोटा दाजुलाई हाम्रो सबै कुरा भन्नुभयो ।

चन्द्रमणि दाजुले पनि यो पीडालाई निकै खटिएर खोजी तलासी गर्दै ६०–७० लाखको ब्लबमनिलाई ३० लाखसम्म मिलाउन सफल हुनुभयो र सो ३० लाख मृतकका परिवारलाई दिएमा भाइ नेपाल सकुशल फर्काउने र मृतकको परिवारलाई ३० लाखमा मिलाउने ठूलो भूमिका चन्द्रमणि दाजुको थियो । त्यसपछि लगातार हामीले ३० लाख जम्मा गर्नुपर्ने भयो तर मृतकको परिवारले मिलापत्र कागजात नदिएपछि हामीलाई गाह्रो भएको थियो । पैसा बुझाएमात्र मिलापत्र कागजपत्र दिन्छु भनेका थिए ।

व्यक्तिगत खर्चहरु पनि धेरै भएको थियो खर्च टार्न निकै गाह्रो भएको थियो र मगरदाङका दाजु नरेन्द्र फगामी र विजय सुनुवार दाजुसँग भेटघाट भयो । उहाँहरुले पनि देशदेखि विदेशसम्म के गर्ने कसो गर्ने भन्दै सल्लाह दिँदै काम अगाडि बढाउने मौका दिनुभयो र उहाँहरुले आफै खटिएर संघर्ष पनि गर्न थाल्नुभयो ।

न्युजमा जाने सल्लाह पछि मैंले अनलाइनबाट न्युजमा सबै कुरा लेख्ने वातावरण मिलेको थियो । पछि सबैले न्युज देखेर सोधपुछ गर्न थाले । तर रकम उठ्न अझै गाह्रो भयो । बेनीमा रहेका सिद्धार्थ बैंकमा खाता खोलेर दुई महिना भयो तर रकम कतैबाट आएन, त्यसपछि एक दिन मलाई बलभद्र ढकाल अंकालको कल आयो ।

उहाँले न्युज हेर्नु भएको रहेछ । सबै कुरा मबाटै बुझ्नुभयो र तुरुन्तै मलाई काठमाडौं बोलाउनुभयो र मेरो सुरुवातबाट गरेको कागजात हेर्नुभयो केही काम लागेन । त्यही कागजातको कमीकमजोरीले गर्दा रकम जम्मा नभएको रहेछ । उहाँले हाम्रो गाउँपालिकादेखि काठमाडौं साउदी दुताबास, मृतकका परिवारसम्म चाहिने सबै किसिमको कागजपत्र तयार गर्दै योगेन्द्र न्यौपाने भाइलाई हामीसँगै संघर्ष गर्न लगाउनुभयो । ३० लाख ब्लडमनि पनि उहाँले मृतकका परिवारलाई स्वयं आफै भेटेर १० लाख घटाउन सफल हुनुभयो । अनि मोना म्याग्दीका अध्यक्ष ओमनारायण दाजुलाई पनि मृतकका परिवारसँग भेटघाट गराउनुभयो । त्यो दिनदेखि योगेन्द्र भाइ र बलभद्र अंकलले हामीलाई जुनसुकै समयमा पनि साथ दिनु भयो । उता भाइले जेल ५ वर्ष पार गरिसकेको रहेछ, फाँसी दिने समय जम्मा ४–५ दिन मात्र बाँकी थियो हामीलाई अचानक थाहा भयो । फेरि ९–१० दिनको समय थपेर काम अगाडि बढाउन सुरु गरियो । त्यो खबर सुनेर गाउँ छिमेकीदेखि लिएर विदेशसम्म छरिएर बसेका आमनेपाली दिदीबहिनी दाजुभाइ बुबा आमा सबै एकजुट भएर भाइको जीवन बचाउनतिर सहयोग जुटाउन आ–आफ्नो ठाउँबाट लागी पर्नुभयो । सो २० लाख रकम मध्येमा १५ लाख मोनाका संयोजक आस पुन र ओमनारायण जुग्जाली र मुक्ति रोकाज्यूले जिम्मा जिम्मेवारीमा थियो । ५ लाख जम्मा गर्नको लागि मेरो जिम्मा थियो । ५ लाख जम्मा गर्नका लागि सबैले सहयोग गर्नुभएको थियो । त्यसमा पनि निकै खटिएर जिम्मेवारी लिएर संघर्ष गर्नुहुने महान व्यक्तिहरु दरबाङ्गदेखि श्रीप्रसाद रोका, खरमाया बिटालु, सन्तनाथ सुवेदी, गौमति चापागाईं, खड्क छन्त्याल, रघुनाथ न्यौपाने, विष्णुदत्त निउरे, नगेन्द्र निउरे लगायत सम्पूर्ण दरबाङ्गका टिमहरु, बेनीदेखि दिलु कालु दिदी, किरण न्यौपाने भाइ, कृष्ण सापकोटा, हरिकृष्ण गौतम लगायत सम्पूर्ण बेनीका टिमहरु, पोखरादेखि सहयोग गर्ने रोशनी गुरुङ्ग, लालसरा वि.क., गेख रोका, बुद्धिबहादुर, नरबहादुर, देविप्रसाद, दिपक लगायत सम्पूर्ण पोखराका टिमहरु, छिस्बाङ्ग, फुलबारी । उहाँहरुको पहलमा ५ लाख सहयोग जुटेको थियो ।

उहाँहरु लगायत सम्पूर्ण सहयोगीहरुले गर्दा भाइको लागि २० लाख ब्लडमनि जम्मा भएको थियो । सो रकम मृतकका परिवारलाई बुझाएर मृतकका परिवारले दिएको मिलापत्रको कागजात राजदुताबासमा पठाएको थियो । त्यसपछि मान्छेले नयाँ जीवन पाउने खबर आयो । यो खबरले सम्पूर्ण नेपालीहरुको मनमा खुसी छाएको थियो । २०७६÷१२÷१४ मा घर आउने भाइ कोरोनाका कारणले गर्दा २०७७÷०७÷२९ मा नेपाल फर्किए । आशै मारेको भाइ नेपाल आउँदा सपना जस्तो लाग्छ र नेपाली नागरिक भएकोले आफूलाई आफै गर्व लाग्छ ।हामी नेपाली कति महान रहेछौं । एउटा मृत्युको मुखबाट एकएक रुपैयाँ रकम जम्मा गरी नयाँ जीवन दान दिनुभयो । मैंले पनि आफूले लिएको लक्ष्य पूरा गर्न पाएको छु । मेरो हरेक दुखको चौतारी मेरो श्रीमान जो कोही नारीको भाग्यमा लेखोस्, धन नहोस् उसको जीवन साथी असल होस् । जोजसले जहाँकहींदेखि सहयोग गर्नुभयो ।

भाइको कामको सिलसिलामा भएको खर्चलाई मध्यनजर गर्दै व्यक्तिगत समस्यामा हुन गएको खर्चलाई खोजतलास गर्दै सल्लाह दिने दिदी पृथकुमारी पुर्जा र बलभद्र ढकाल अंकल, भाइ योगेन्द्र न्यौपाने, आन्टी नन्दकली ढकाल, दिदी मनिमा उहाँहरुको रोहवरमा विभिन्न ठाउँबाट ऋण तिर्नको लागि सहयोग जुटेको थियो । धेरैधेरै धन्यवाद काम गर्दै जाँदा केहीकहींकतै जानी नजानी कमी कमजोरीहरु होलान् सम्पूर्णमा क्षमा माग्न चाहन्छु। २० लाख ब्लडमनि जुटाएर भाइको जिन्दगी दिनुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद ।
केसी राजकुमारी दिदी हुन् ।

 

 

 

राजकुमार निउरे बचाउ अभियानमा सहयोग गर्नलाई हार्दिक धन्यवाद
राजकुमार निउरे बचाउ अभियानमा सहयोग गर्ने सम्पूर्ण मनका धनीसँगै धनका धनीहरु देशदेखि विदेशसम्म रहेर हामीले सुरुवात गरेको राजकुमार भाइको उद्धार गर्ने काममा जोजसले जहाँबाट निकै खटेर काममा सहयोग पु¥याउनुभएको थियो । उहाँहरुप्रति हामी निउरे परिवार र दिदी पुनम केसी र भिनाजु तमबहादुर केसी आभारी छौं ।
*  मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु, वडा अध्यक्ष सन्तनाथ सुवेदी, उहाँले गण्डकी प्रदेशमा गएर मन्त्री नरदेवी पुनसँग सल्लाह लिने वातावरण मिलाउनुभएको थियो । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रीका सल्लाहकार श्री चन्द्रमणि सापकोटाज्यूले मृतकपरिवारले माग गरेको ६० लाख ब्लडमनिमध्ये उहाँले निकै भूमिका खेल्दै ३० लाखमा सहमति गराउनुभएको छ ।
*  मंगला गाउँपालिका पिपलबोट घर भई हाल काठमाडौंमा रहनुभएका अंकल बलभद्र ढकाल र योगेन्द्र न्यौपानेज्यू उहाँहरुले नेपालदेखि साउदी दुताबाससम्म चाहिने सम्पूर्ण कागजपत्र र त्यसैमा पनि ३० लाख ब्लडमनिमध्येमा १० लाख घटाएर २० लाखमा सहमति गराउन उहाँको ठूलो भूमिका रहेको थियो ।
*  धन्यवाद मोना म्याग्दी संयोजक आस पुन, अध्यक्ष ओमनारायण जुग्जाली सचिव मुक्तिरोका, नरेन्द्र फगामी, बि.पि. विजय दाजु विकास, विपिन पौडेल, महेन्द्र बोहोरा, विकास बाबु, किसान सेन्चुरी र म्याग्दी मोना परिवारदेखि १५ लाख उहाँहरुबाट सहयोग गर्नुभएको छ ।
*  बाँकी रहेको ५ लाख ब्लडमनि मध्येमा मालिका गाउँपालिकाका वडा अध्यक्ष श्री सन्तनाथ सुवेदीज्यूको प्रमुख भूमिका रहेको थियो । जसमा रघुनाथ न्यौपाने, थमन गौतम, खड्क छन्त्याल, नगेन्द्र निउरे, नन्दप्रसाद निउरे, सोलिना किसान, गौमति चापागाईं, विष्णुदत्त निउरे, छिस्बाङ्ग भविन्द्र केसी, सुमन केसी, फुलबारी महेन्द्र आचार्य, तुलप्रसाद सिउथानी, दिच्याम आमा समूह, बुद्धशान्ति युवा क्लब, श्री भगवती निमावि, श्री जनप्रिय उमावि, श्री सिद्ध निमावि खहरे, अधिभारा आमा समूह, निउरे दाजुभाइ, दरबाङ्गका बैंक, सहकारी, फुलबारी दरबाङ्ग, छिस्बाङ्ग पञ्चेबाजा, दुखु तातोपानी, बेनी, श्री भगवती निमाविका प्र.अ. जगत केसी लगायत सम्पूर्ण गुरुहरु, दिच्याम श्री सिद्ध रितुङ्ग खहरेका प्र.अ. मोतीराज उपाध्याय लगायत सम्पूर्ण गुरुहरु, श्री जनप्रिय उच्च माविका गुरु प्र.अ. दिवाकर सुवेदी, नगेन्द्र केसी लगायत सम्पूर्ण गुरुहरु र सबै विद्यालयका भाइ बहिनीहरुमा हार्दिक धन्यवाद ।

बेन्मिा रहेर सहयोग गर्ने अंकल सुरेन्द्रराज शर्मा, अमृत थापा, दिलु दिदी, किरण न्यौपाने, नगेन्द्र केसी, मन केसी, कृष्ण सापकोटा र नवराज शर्मा लगायत सम्पूर्ण बेनीमा सहयोग पु¥याउने सम्पूर्णमा हार्दिक धन्यवाद । त्यसैगरी पोखरामा रहेर ठूलो सहयोग गर्नुहुने दिदी रोशनी गुरुङ्ग, गोरख रोका, बुद्धिबहादुर र नरबहादुर दिपक, दिपबहादुर, लालसरा, कोपिलालगायत सम्पूर्ण सहयोगी टिमहरुलाई हार्दिक धन्यवाद ।
*  एबिसी इन्द्रेणी टिमका कृष्ण कँडेल, न्युज २४ का रवि लामिछाने, युवराज कँडेल लगायत सम्पूर्ण टिम ।
*  काठमाण्डौंमा रहेर सहयोग गर्ने सम्पूर्ण समाज, बिम समाज, दरबाङ्ग समाज, अर्मन समाज, मराङ्ग समाज, उपकार समूह, सेतु गुराँस सहकारी, एन्जल हार्ट स्कुल, प्रोटेक नेपाल, होटल सुन्दर, रुवि भ्याली होटल, लक्ष्मी गेष्ट हाउस, टेकबहादुर केसी, रकप्रसाद पुर्जा, लक्ष्मी कँडेल, नन्दकली ढकाल, विनोद न्यौपाने, गजिन रोका, चनकुमार रोका, यामुना निउरे लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद ।

सम्पूर्ण निउरे परिवार लगायत दिदी पुनम केसी र भिनाजु तमबहादुर केसी देखि हार्दिक धन्यवाद दिन चाहन्छौं ।
*  व्यक्तिगत खर्चहरुको लागि निकै दुःख, संघर्ष गरी विदेशमा रहेर पनि माया, हौसला र सल्लाह दिँदै ऋण तिर्नु भनेर, निकै पहलमा जुट्नुभएकी दिदी पृथकुमारी पुर्जा, अंकल बलभद्र ढकालज्युहरुको प्रमुख भूमिका रहेको थियो । उहाँहरुको संघर्षमा १०१५०१४ रकम जुटाउनु भएको थियो । त्यसमध्येमा पृथ दिदी, बलभद्र ढकाल, योगेन्द्र न्यौपाने, दालु सिउथानी, भरत डगामी, तलमाया थापा, विशाल, जुग्जाली, राजेन्द्र भण्डारी, लालमाया जुग्जाली, कुलबहादुर भण्डारी, गंगविर सुनार, किरण न्यौपाने, सिता घिमिरे, मालिका युथ क्लब अमेरिका, नगेन्द्र फगामी, लेखा भण्डारी, सन्तनाथ सुवेदी, मगर समाज अष्ट्रेलिया लगायत छुटपुट टिमहरुलाई पनि सम्झिन चाहन्छौं । ब्लडमनि बाहेक हाम्रो व्यक्तिगत खर्च र कागजपत्र खानपान, हिंडडुल २०७२–२०७७ सम्मको खर्चलाई आफ्नै खर्च सम्झेर हामीलाई ठूलो योगदान पु¥याउनुभएको छ । हजुरहरुको यो फराकिलो मन प्रगतिको बाटो तिर लम्किरहोस्, भाइ राजकुमार, दिदी पुनम र भिनाजु, तमबहादुर केसीको तर्फबाट हार्दिक धन्यवाद ।
२०७२÷०१÷२३ देखि २०७७÷०७÷२९ सम्म भएको खर्च रु.१,२६८,५५०।–
मेरो हातमा आएको रकम रु.१,०१५,०१४।–
ऋण तिर्नु भनेर बाँकी हामीसँग ऋण रु.२५३५३६।–
२०७६÷०८÷२३ सम्मको विवरण
१. सन्तनाथ सुवेदीको पहलमा दरबाङ्ग, फुलबारी, दिच्याम, दुखु – २४००००।–
२. मालिका गाउँपालिकाको कार्यालयदेखि – १०००००।–
३. दिलु कालु दिदीको पहलमा बेनी देखि – ४५१०५।–
४. किरण, कृष्ण जैसीको पहलमा बेनीदेखि – ८९०००।–
५. गोरखबहादुर रोका पोखरा – १५१००।–
६. मोना म्याग्दीबाट – १५,००,०००।–
ब्लडमनिको लागि उठेको जम्मा रु.१९,८९,२०५।–

२०७२÷०१÷२९ देखि २०७७÷०७÷२९ सम्म भएको खर्च रु.१,२६८,५५०।–
मेरो हातमा आएको रकम रु.१,०१५,०१४।–
बाँकी हामीसँग ऋण रु.२५३५३६।–

राजकुमार बचाँउ अभियानमा सहयोगदाताको विवरण

क्र.स. नाम ठेगना रकम
१. बलभद्र ढकाल काठमाण्डांै ५०,०००
२. मगर समाज अष्ट्रेलिया पिर्थ कुमार पुर्जाको पहलमा ३,२२,०००
३. बिशाल जुग्जाली (बिम) अमेरीका १,५६,४५६
४. अर्मन समाज (अमेरिका) भरत डगामीको पहलमा ५२,२४३
५. बिम म्याग्दी समाज काठमाण्डौं ५३,०००
६. गंगविर सुनुवारको पहलमा हाल (साउदी) ३२,५३५
७. कुल बहादुर भण्डारीको पहलमा (माल्डीभ्स) ३२,५३५
८. दालु सिउथानी दिच्याम हाल (ईजराईल) ११,०००
९. तलमाया थापा जर्मन वा स्पेन ४५,०००
१०. राजेन्द्र भण्डारी दिच्याम हाल (अमेरीका) १५,११५
११. मराङ समाज काठमाण्डांै १३,३४५
१२. म्याग्दी उपकार समुह काठमाण्डौं ५,५००
१३. सेतु गुराँस सहकारी काठमाण्डौं ५,०००
१४. योगेन्द्र न्यौपाने ३,०००
१५. टेक बहादुर के.सी. सेउलुङ हाल काठमाण्डौं ५,०००
१६. सुन्दर होटेल मन कुमारी के.सी. सेउलुङ हाल (काठमाण्डांै) ५,०००
१७. रुबि म्याली होटेल टंक कुमारी दिच्याम (काठमाण्डौं) ५,०००
१८. म्याग्दी लक्ष्मी होटल खड्क थापा धारापानी काठमाण्डांै १०,०००
१९. अर्मन समाज काठमाण्डांै ५,०००
२०. म्याग्दी दरवाङ समाज काठमाण्डांै १५,०००
२१. लालमाया जुग्जाली नेदरल्याण्ड ७,०००
२२. एन्र्जलहाड काठमाण्डौं ५,०००
२३.किरण न्यौपानेको पहलमा बेनी ४५,०००
२४. सिता घिमिरे हाल (दुवै¬) १०,०००
२५. लेखा भण्डारी दिच्याम ५,०००
२६. सन्तथान सुवेदीको पहलमा (दरवाङ) ४३,३८४
२७. मालिका यूवा क्लब (बिम) अमेरीका चक बहादुर पाईजाको पहलमा ५५,०००
२८. नरेन्द्र फगामी मगर हाल कतार १०,०००
जम्मा रकम रु.१०,२२,०९८

Leave a Reply