भिक्टोरिया एजुकेशन एण्ड कन्सलटेन्सीले म्याग्दीका विद्यार्थीलाई निशुल्क अंग्रेजी भाषा परीक्षा आइएलटिएस कक्षा सञ्चालन गर्ने भएको छ । विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि जान अनिवार्य आवश्यक पर्ने आइएलटिएस कक्षामा लाग्ने शुल्क सतप्रतिशत निशुल्क र शैक्षिक परामर्श दिने एजुकेशन कन्सलटेन्सीमा म्यानेजिक डाइरेक्टर सन्तोष बानियाँले बताए ।

‘विद्यार्थीहरुलाई शैक्षिक राहत दिने अभियानको सुरुवात आफ्नै जिल्लाबाट गरेको छु,‘ विदेशमा उच्च शिक्षा लिन जान चाहने विद्यार्थीहरुलाई सम्पूर्ण सेवाहरु उपलब्ध छ’ बानियाँले भने । उनले अनुभवी शिक्षकबाट लिइने कक्षाका बारेमा अनलाइन जानकारी सहितको सुविधा रहेको बताए । म्याग्दीको सदरमुकाम हाल करिब ५० जना नियमित विद्यार्थी छन्।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भौतिक दुरी र सिमित विद्यार्थीको उपस्थितिमा कक्षा सञ्चालन भइरहेको छ । बेनीमा सम्पर्क कार्यालय रहेको भिक्टोरिया एजुकेशनले अंग्रेजीको आधारभुत तहको ज्ञान दिने तथा आइएलटिएसका कक्षा निकट भविस्यमा म्याग्दीमै सञ्चालन गर्ने तयारीमा छ । हाल काठमाण्डौको गोगंबुबाट निशुल्क कक्षा सहितको परामर्श लिन सकिन्छ ।

Leave a Reply