पर्वतका क्रियाशिल पत्रकार महेन्द्र केसीको निधन भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङ निवासी पत्रकार केसी हरियो सर्पले टोकेर घाईते भएकोमा लामो समयको उपचारकै क्रममा शिक्षण अस्पताल महाराजगंज काठमाण्डौमा मृत्यु भएको हो ।
उहाँमा पछिल्लो समय मृगौला सामान्य समस्या र कोभीड-१९ समेत संक्रमण भएको थियो । उहाँको केहि दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।
नेपाल टेलिभिजनका पर्वत समाचारदता समेत रहनुभएका पत्रकार केसी आफ्नै साहारापाटी टिभी नामक युट्युव च्यानलसँग समेत आवद्ध रहनुभएको थियो । उहाँका आमा र श्रीमती हुनुहुन्छ । पत्रकार केसीको राजधानीमा अन्त्येष्टि गरिने बताईएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघ पर्वतले एक शोक बक्तव्य प्रकाशित गरि पत्रकार महेन्द्र केसीको निधनले सिंगो पत्रकारिता क्षेत्रमा अपुरणिय क्षति पुगेको जनाएको छ । साथै महासंघले मृतात्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ । पत्रकार केसी नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश प्रतिनिधि समेत रहेका थिए । केसीको निधनले पर्वत जिल्ला स्तब्ध बनेको छ ।

Leave a Reply