अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का सह–अध्यक्ष रन्जित तामाङले वर्तमान सरकार चौतर्फी आलोचनाको घेरामा परेको बताएका छन्। पार्टी एकताको मर्म, भावना र निर्वाचनमा जनतालाई दिएको प्रतिबद्धता पुरा गर्ने तर्फ सरकारले ध्यान केन्द्रित गर्न नसकेको बताएका हुन्।

अनेरास्ववियू क्रान्तिकारी म्याग्दीका पूर्व उपाध्यक्ष यामनाथ पौडेलको श्रद्धान्जली सभामा सहभागि हुन म्याग्दीमा आएका तामाङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चुनावमा गरिएको प्रतिबद्धता अनुसार सरकार सञ्चालन हुन नसकेको बताए। मेट्रो रेल, ठूला योजना बनाउनुभन्दा पहिले जनताको न्यूनतम आवश्यकता पुरा गर्न तर्फ सरकार केन्द्रित हुनुपर्ने बताए ।

उनले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीले आलटाल गरेको आरोप समेत लगाए । उनले अनियमितता र भ्रष्ट्रचारको आरोपमा फसेका आफ्ना निकटका नेताहरुलाई प्रधानमन्त्रीबाटै संरक्षण भएको बताउँदै अर्का अध्यक्ष प्रचण्डबाट एकताको क्रममा गरेको सम्झौता र सहमतिलाई त्याग गदैं ५ बर्षसम्म प्रधानमन्त्रीमा ओलीलाई सर्मथन गर्दा समेत कमजोरी सम्झिएर मनपरी गरेको बताए ।

अहिलेको शैक्षिक समस्याको करिब ९० प्रतिशत समाधान प्रतिवेदनभित्र छ । शैक्षिक माफियाको दवावमा कार्यान्वयन हुन सकेको तामाङको आरोप छ । उनले पार्टीको एकताको उद्देश्य प्रधानमन्त्रीलाई मनोमानी गर्न दिने नभई जनताको भावना र आवश्यकता अनुसार काम गर्नु भएको बताए । सह–अध्यक्ष रन्जित तामाङ उपस्थित पत्रकार सम्मेलनमा ओली पक्षका विद्यार्थी नेताले बहिस्कार गरेका थिए ।

 

Leave a Reply