नेपाल जेसीज २०२१ का लागि राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सुजन बरुवाल बिजयी

म्याग्दी ३ पुस । नेपाल जेसीज २०२१ का लागि राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सुजन बरुवाल बिजयी हुनुभएकाे छ । रूपन्देहीकाे भलबारी जेसिजकाे अातित्यथामा सम्पन्न नेपाल जेसिजकाे ४७अाै माहाधिबेशनमा म्याग्दी जेसिजकाे प्रस्तुतमा राष्ट्रिय उपाध्यक्षका उम्मेद्वार बन्नभएका बरूवालले अत्यधिक मतले बिजयी हुनुभएकाे हाे ।बरूवालले ७१८ मत सहित निर्बाचित १२ जना उपाध्यक्षहरूमध्ये ८ अाै उत्कृष्ट मत ल्याउन सफल हुनुभएकाे छ। २०१४ मा म्याग्दी जेसिज प्रवेश गरि २०१७ मा उपाध्यक्ष , २०१८ मा कोषअध्यक्ष ,२०१९ मा कार्यकारिणी उपाध्यक्ष हुँदै २०२० मा शाखा अध्यक्ष को जिमेवारी सम्हानुभएका बरूवालले विभिन्न समयमा कार्यक्रम संयोजक को भुमिका निर्वार र थुप्रै अवार्ड बाट समानित भैसक्नुभएकाे छ।

Leave a Reply