जिल्ला भित्रका सरकारी कार्यालयहरुबाट प्रवाह भएका सेवाहरु प्रभावकारी बनाउन पर्वतबाट निर्वाचित सत्तारुढ दल नेकपाका सांसद पदम गिरीले निर्देशन दिएका छन् । जिल्लाका सरकारी कार्यालयका काममा ढिलासुस्ती भएको भन्दै सेवाग्राहीले कार्यालय नै तोडफोड गरेपछि सांसद गिरीले प्रमुख जिल्ला अधिकारी मार्फत यस्तो निर्देशन दिएका हुन् ।

जनताले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा तथा सुविधाहरु तोकिएकै समयमा पाउनुपर्ने भन्दै सांसद गिरीले सेवाग्राहीका गु्नासाहरु सम्बोधन गर्नु सवै सरकारी कार्यालयको कर्तब्य रहेको उल्लेख गरे । उनले हिजो मात्रै जिल्ला मालपोत कार्यालयमा सेवाग्राहीले सेवा प्रवाहमा ढिलासुस्ती भएको भन्दै तोडफोड गरेको घटनालाई लक्षित गर्दै सार्वजनिक सेवा प्रणालीमा सुधार नगर्ने हो भने वर्तमान शासन प्रणाली माथि नै जनताको विश्वास घट्दै जाने बताए ।

कार्यायलयहरुबाट प्रवाह हुने सेवा प्रणालीको जानकारी सेवाग्राहीलाई दिनु सवै कार्यालयको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै सांसद गिरीले सेवा प्रवाह, शुसासन र अनुशासनको दायरा भित्र बसेर सवै राष्ट्रसेवक कर्मचारीले काम गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारीले सवै सरकारी कार्यालयहरुमा सेवाप्रवाहको निरन्तर निगरानी गर्न र जनताका गु्नासाहरु आएमा तत्काल सम्बोधन गर्न सांसद गिरीले निर्देशन दिएका छन् ।

Leave a Reply