बेनी नगरपालिका-५ गाजनेकी एक ६ बर्षिया बालिका १५ बर्षिय किसोरद्धारा बलात्कृत भएकी छिन । पीडितलाई आरोपितले पुस २ गते दुर्वयवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजङ्ग कुँवरले बताए ।

‘घटनाको अनुसन्धान भइरहेको छ, ‘पीडित बालिकाको स्वास्थ्यमा सुधार हुदैछ’ उनले भने । पीडित बालिकाको स्वास्थ्य अवस्था असामान्य रहेकोले बेनी अस्पतालले थप उपचार र स्वास्थ्य परीक्षणका लागि पुस २ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको बेनी अस्पतालका चिकित्सकले बताएका छन् ।

बलात्कारमा संलग्न किसोरलाई पनि प्रहरीले नियन्त्रणमा लिई स्वास्थ्य परिक्षणका लागी पोखरा पठाएको जनाइएको छ । विहिवार दिउँसो घरमा कोही नभएको अवस्थामा ललाई फकाई घरमै वोलाएर बलत्कार गरेको र वालिका चिच्याएपछि छिमेकीले रङ्गेहात फेला पारेका थिए ।

किसोरकै लिङ्ग र कपडाहरु रगताम्मे अवस्थामा भेटिएको थियो । मुलुकी संहिताको करणी सम्बन्धि कसुर दफा ११९ को उपदफा ३ (क) मा १० बर्षभन्दा कम उमेरकी बालिका भएमा १६ देखि २० बर्षसम्म कैद सजायको ब्यवस्था रहेको छ। घटनाले गाउँ नै स्तब्ध भएको छ। बलात्कारमा संलग्न किशोरले विगतमा समेत फरक गतिविधि देखाउने गरेको स्थानीयको भनाई छ।

Leave a Reply