चितवनको भरतपुर महानगरपालिका-७ कृष्णपुरको एउटा साँधुरो कोठाभित्र पुसको कठ्यांग्रिँदो जाडोमा रात र दिन कटाउन बाध्य छिन् बेनी नगरपालिका–६ खरेनीकी दुर्गी किसान ।

पाठेघरको मुखको क्यान्सर (सर्भिक्स क्यान्सर) रोगको उपचारका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पुगेकी किसानलाई आवश्यक पर्ने रगत र आर्थिक अभावले छाप्रोमा भोकभोकै बसेकी छन् । अन्न र ओढ्ने कपडा प्रयाप्त छैन् ।

श्रीमान र एउटा छोरा लिएर उपचारका लागि पुगेकी उनीसँग भएको पैसा सकिएपछि अलपत्र परेकी हुन्। चरम आर्थिक अभावका कारण ऋण र केही सहयोग रकमले उपचारका लागि पटकपटक भरतपुर पुगेर फर्किएकी किसान पुनः केही सहयोग जुटाएर अस्पतालमा पुगेपनि नियमित उपचारमा आर्थिक अभाव भएपछि उपचार रोकेर कोठामा बसेको बताईन्।

‘बाँच्ने आशले अस्पतालमा पुगेपनि खर्च जुटाउन नसक्दा अलपत्र परेको छु’ उनले भनिन् । सानो छोरा र श्रीमानसँगै आएको बताउँदै शरीरमा चाहिने रगतको समेत अभाव भएको किसानको भनाई छ ।

‘तीनपटक उपचार रोकेर घर फर्किए,‘छोराछोरीका लागि पनि बाँच्ने चाहनाले यहाँ आएको छु’ उनले भक्कानिदै भनिन् । श्रीमानको समान्य मजदुरीबाट परिवारको गुजरा चलाउँदै आएकी किसानले बेनी अस्पतालमा रगतको ब्यवस्था भएपनि अन्य उपचारका लागि सम्भव नभएपछि क्यान्सर अस्पतालमै पुग्नुपरेको बताईन् ।

उपचारका लागि आवश्यक पर्ने ‘बि नेगेटिभ रगत’, औषधी लगायतका आवशयक खर्चको अभाव भएपछि अलपत्र परेकी बिरामीलाई स्थानीय ठाकुरप्रसाद न्यौपानेले उद्धार गरी कोठाको ब्यवस्थापन गरेर राखेका छन् । ‘उहाँहरुसँग एक रुपैयाँ पनि छैन्,‘उपचारभन्दा पनि अहिले त खानाबस्नेकै समस्या देखियो’ न्यौपानेले बेनीअनलाइनलाई भने ।

उनले आर्थिक सहयोग जुटेपछि मात्रै अस्पतालमा लैजाने गरी कोठा खोजेर राखिदिएको बताए ।पाठेघरको मुखको क्यान्सर (सर्भिक्स क्यान्सर) भएकी महिलाले केमोथेरापी लिनुपर्ने भएकाले रगत चढाउनुपर्ने चिकित्सकले बताएका छन्।

यसैबीच पीडित बिरामीको उपचारका लागि नेपाल विद्यार्थी संघ म्याग्दीका अध्यक्ष निर्मल खत्रीले २५ सय रुपैयाँ हस्तान्तरण गरेका छन् । आफ्नो जन्मदिनको अवसरमा खत्रीले त्यहाँ रहेका अमर गैरेमार्फत पीडितलाई हस्तान्तरण गरेका हुन् । उनले जन्मदिनकै अवसरमा साहारा घरमा समेत २ हजार सहयोग गरेका छन् ।  यसअगाडी किसानलाई म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले समेत सहयोग गरेको थियो ।

सहयोग र थप जानकारीका लागि
९८०६१८६९२३ दुर्गी किसान
९८४५६८९२४३ ठाकुरप्रसाद न्यौपाने (स्थानीय)
९८५७६४२०४२ अमर गैर

Leave a Reply