एक प्रवासी म्याग्देलीले स्थानीय सरकारका जनप्रतिनिधिलाई लक्षित गरी ‘नगर तथा गाउँपालिका’ बोलको गीत सार्वजनिक गरेका छन् । मोना नेदरल्याण्डका अध्यक्ष जंगबहादुर पुनले स्थानीय तहका जनप्रतिनिधिको कामप्रति असन्तुष्टी जनाउँदै सहकार्यबाट जनताको सेवा गर्नुपर्ने सन्देश सहित म्यूजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरेका छन् ।

निर्वाचनपछि विजय र पराजय हुनेहरुबाट जनतालाई राजनीतिक दलका कार्यकताहरुमा विभाजन गरी झगडा गराउने, विकास निर्माणका कार्यहरुमा विवाद गर्ने जस्ता गतिविधिहरुले जनता निराश भएको भन्दै म्यूजिक भिडियोबाट सहकार्य र जनताका बिचमा गरेका प्रतिबद्धता पुरा गर्न अपिल गरेका छन् ।

पर्यटकीयस्थलहरुको दृष्य सहित राजनीतिक दलको झण्डा र नेपालको नक्सा समेत प्रयोग गरिएको गीतमा दलबिचको सहकार्य र सहमतिलाई जोड दिएको रचनाकार पुनले बताए । ‘यो आरोप नभई सहकार्यलाई सन्देश मात्रै हो,‘सबैको प्रयासबाटै मात्र सुन्दर देश बन्छ’ पुनले भने ।

गीतमा पुनकै शब्द, संगीत रहेको छ भने गायक गगन पुन, गायिका गिता पाईजा,एरेन्ज शाहस शाक्यले गरेका हुन्। ’दर्शक, स्रोताहरुले मन गीत र भिडियो दुबै मन पराउनेमा म विश्वस्त छु,‘जनप्रतिनिधिलाई सचेत बनाउने र जनताको आवाज नै भिडियो सार्वजनिक हो’ गायक गगन पुनले भने । हेर्नुस् भिडियोः

 

Leave a Reply