संसद विघटन गरेपछि त्यसको विरोधमा नेपाल विद्यार्थी संघ म्याग्दीले प्रधानमन्त्रीको पुत्ला जलाएको छ । प्रधानमन्त्री ओली सिफारिसमा राष्ट्रपतिले विघटन गरेपछि नेविसंघले क्याम्पसचोकमा पुत्ला जलाउँदै विरोध गरेको सभापति निर्मल खत्रीले बताए । ‘कम्यूनिष्ट सरकारले जनमतको अपमान गर्यो, अब थप आन्दोलनका कार्यक्रम आउँछ’ खत्रीले भने ।

यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका माधव नेपाल र प्रचण्ड निकट नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् । बेनीबजार प्रदर्शन बजार परिक्रमा गरेर बिरेन्द्रचोकमा आएर कोण सभामा परिणत भएको थियो। प्रधानमन्त्री र राष्ट्रपतिको राष्ट्रघाति कदम खारेज गर, केपी नेतृत्वको सरकार मुर्दाबाद जस्ता नारा लगाइएको थियो।

कोण सभामा बोल्दै यूवा संघ नेपालका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्माले राजतन्त्रको हैसियतमा केपी ओली पुग्ने बताए । त्यस्तै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य कुसल पौडेलले अव कम्यूनिष्टसँगै प्रजातान्त्रिक शक्ती एकजुट हुनुपर्ने बताए । कार्यक्रमको सञ्चालन अखिलका सह अध्यक्ष रेशम कटुवालले गरेका थिए । यता स्वतन्त्र विद्यार्थीले विबेक ठकुरीको नेतृत्वमा विरेन्द्रचोकमै विरोध गरेका थिए ।

Leave a Reply