---Advertisement---

म्याग्दीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

By -
On: December 20, 2020 6:08 PM
Follow Us:

म्याग्दीबाट सातजनाको स्बाब पठाएकोमा सातैजनामा कोरोना संक्रमण पुष्टि भएको छ । शंकास्पद ७ बिरामीको यही पुस २ गते पिसिआरका लागि क्षयरोग उपचार केन्द्र पोखरामा पठाईएको पोजेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ।

प्राप्त रिपोर्ट अनुसार पर्वत जिल्ला पैयु (४ ठेगाना भई हाल अन्नपूर्ण गाउँपालिका म्याग्दी बस्ने वर्ष ३३ को महिला १ जना र वर्ष ४ को पुरुष १ जना, अन्नपूर्ण ६ ठेगाना भएका वर्ष ४१ का पुरुष १ जना, वर्ष २७ का महिला १ जना तथा बेनी बजार बस्ने वर्ष ३३ का पुरुष २ जना र वर्ष ४० का महिला १ जना गरी जम्मा ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यो सगै म्याग्दी जिल्लामा कोरोना संक्रमितको संख्या १७२ जना (महिला ४२ र पुरुष १३०) पुगेको छ । हाल सम्म जम्मा २२९० वटा नमुना संकलन गरी पठाएकोमा २२९० वटा कै रिपोर्ट प्राप्त भएको छ ।

-