नेकपा म्याग्दीका सचिवालय सदस्य सन्तोष रावलले तात्कालिन नेकपा एमाले अपनाएको जनताको बहुदलिय जनबादको मार्गदर्शक सिद्धान्त अनुसार अब अगाडी बढ्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसको विरोधमा आन्दोलन सुरु भएपछि पूर्व यूवा संघका विदेश विभाग प्रमुख समेत रहेका रावलले नेकपा विभाजनको मुखमा पुगेकाले अव पूर्व एमाले एकठाउँमा आउनुपर्ने बताए ।

‘प्रधानमन्त्रीलाई आफ्नै पार्टीबाट धरापमा पार्ने प्रयास भयो,‘संसद विघटनको विकल्प थिएन’ ओली निकट रावलले बेनीअनलाइनलाई भने । उनले चौतर्फी घेरावन्दी, अविश्वासको प्रस्ताव लगायत विभिन्न झुटा आरोपले बाध्य भएर प्रधानमन्त्रीले देशलाई निकास दिन निर्णय गरेको बताउँदै निर्णयको स्वागत गर्न समेत अनुरोध गरे ।

पूर्व एमालेलाई अवको अवस्थामा एकठाउँमा आउन अनुरोध गदैं प्रचण्ड र माधव नेपाल पक्षमा लाग्नेहरुलाई ताजा जनमतको पक्षमा सर्मथन गदैं देशलाई निकाश दिन समेत रावलले अपिल गरेका छन् ।

विश्व कम्युनिष्ट आन्दोलनमा परिवर्तित परिस्थितीमा माक्सवार्दको रचनात्मक प्रयोग गर्न मार्गनिर्देशलाई प्रधानमन्त्री ओलीले सधै समर्थन गर्ने गरेको समेत उनको भनाई छ। उनले जनताको बहुदलीय जनवादले राज्यसत्ता बन्दुकको नाल (बुलेट)बाट मात्र सम्भव छ भन्ने परम्परावादी कम्युनिस्ट सोचलाई पूर्णतः गलत साबित गर्दै ब्यालेटबाट पनि राज्यसत्ता कब्जागर्न सकिन्छ भन्ने मान्यता स्थापित मात्र गरेन त्यसलाई प्रमाणितसमेत गरेको अवस्थामा नयाँ यात्रामा साथ दिन समेत अपिल गरेका छन् ।

नेकपा (एमाले) को पाँचौ महाधिवेशनको पूर्व सन्ध्यामा जननेता मदन भण्डारीले तयार गरेको ‘बहुदलीय जनबाद’ को लाइनमा अब देश प्रवेश गरेको बताउँदै म्याग्दी सहित देशभर नेकपामा यो लाइन बलियो भएको दावी समेत गरेका छन् । संसद विघटन पछि म्याग्दीमा नेकपामा नेता तथा कार्यकर्ता तानातान हुने निश्चित छ ।

१, आफ्नो पार्टी अध्यक्ष प्रधानमन्त्री विरुद्ध अबिस्वासको प्रस्ताव ल्याउने तयारी
२, आफ्नै पार्टीको रास्ट्रपति प्रधानमन्त्री विरुद्ध महाअभियोग लगाउने षड्यन्त्र
३, प्रतिपक्ष पार्टीले लगाउन नसकेको मनगडन्ते आरोप / अभियोग पार्टी भित्र बाट हुनु / गर्नु
४, आफ्नै पार्टी नेतृत्व सरकार विरुद्ध तथ्यहिन आरोप असाधारण प्रकृतिको मिडियाबाजी हुनु / गर्नु
५, पार्टी बैठकमा कोरोना माहामारी , समृद्ध रास्ट्र निर्माण , पार्टीको आम हितको एजेन्डा भन्दा मलाई यो भएन र पुगेन भन्ने सौदा बाजिको बहुमतको धाक लागाउने
६, सरकारको विरुद्ध बहुमतको नाममा कुनै पनि निर्णय हुन नदिने , सधैं असहयोग गर्ने
७, जस्तै जस्तै प्रबृत्ति हरुको कारण , “हलो अड्काएर गोरु कुट्ने” भन्ने कथा सत्य सावित बनाएको कारण
बाध्यताबस सांसद विघटन भएको हो।
सांसद विघटनको समर्थन र ताजा जनादेश नै अहिलेको विकल्प हिन विकल्प हो ।

Leave a Reply