---Advertisement---

धवलागिरी गाउँ कमिटीको अपिल,‘राष्ट्रघाती कदमको पक्षमा नलाग्नुहोस्’ (विज्ञप्ती)

On: December 20, 2020 7:10 PM
Follow Us:

म्याग्दीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका माधव नेपाल र प्रचण्ड निकट नेता कार्यकर्ताले प्रधानमन्त्रीको असंवैधानिक कदमको बिरोध गर्न अपिल गरेको छ । संसद विघटन गरेपछि त्यसको विरोधमा नेकपा धौलागिरी गाउँ कमिटीले प्रधानमन्त्री र राष्ट्रपतिको राष्ट्रघाती कदमको पक्षमा नलाग्न नेता तथा कार्यकर्तालाई अपिल गरेको छ।

प्रधानमन्त्री ओली सिफारिसमा राष्ट्रपतिले विघटन गरेपछि गाउँ कमिटीका सचिव देउप्रसाद छन्त्यालले विज्ञप्ती जारी गदैं गलत पक्षमा समर्थन नगर्न भन्दै अपिल जारी गरेका हुन् । उनले प्रधानमन्त्री ओलीको गतिविधिले पार्टी फुटको नजिक पुगेकाले धौलागिरी गाउँ कमिटीमा सबै एकजुट भएर अगाडी बढ्नुपर्ने बताएका छन् ।