पार्टी फुटको दिशामा गइसकेको अवस्थामा म्याग्दीमा कुन पक्ष बलियो छ भन्ने बहस सुरू भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको अवस्थामा ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले आफ्नो शक्ती नाप्न थालेका छन्। दुबै पक्षले आफ्नो बलियो पकट रहेको दावी गरिरहेका छन्।

म्याग्दीमा अहिलेको अवस्था हेर्दा जिल्ला अध्यक्ष गोविन्द पौडेल पूर्वमाओवादी केन्द्रबाट छन् । सचिव हरिकृष्ण श्रेष्ठ पूर्वएमालेबाट। पौडेल कट्टर प्रचण्ड–नेपाल पक्षीय नेता हुन् भने श्रेष्ठले पार्टीको विवादमा दुवै पक्षलाई सहज हुने मध्यमार्गी भूमिका निर्वाह गरेको देखिन्छ ।

नेकपाका अध्यक्ष पौडेलको नेतृत्वमा ७ जनाको कार्यालय सदस्यको टिम रहेको छ। सचिव श्रेष्ठ, बालकृष्ण सुवेदी,देवराज सुवेदी,देवेन्द्र केसी, रेशम जुग्जाली र देब घले छन् । ७ सदस्यीय कार्यालय टिममा देवराज, रेशम माओवादी खेमाका हुन भने बालकृष्ण देवेन्द्र र देव पूर्व एमालेका हुन् ।

कार्यालय सदस्यभित्र रहेका सुबेदी नेपाल निकट मानिन्छन् । यसले कार्यालय सदस्यले गर्ने निर्णयमा प्रचण्ड-नेपाल खेमा हावी हुने देखिन्छ । फुट नजिक पुग्न लागेको अवस्थामा कार्यालय सदस्यको खोजी सुरु भएको छ। जसमा श्रेष्ठ काठमाण्डौ, केसी पोखरा गएको बुझिएको छ ।

यता ३२ जना सचिवालयमा दुबै पक्षले आफ्नो पकट भएको बताइएपनि कित्ता क्लियर नगरेकाले कुन पक्ष हावी छ भन्ने अवस्था छैन् । ९५ जना सदस्य रहेको जिल्ला कमिटिमा समेत प्रष्ट लाइन देखिएको छैन् । ‘पार्टी बिभाजनको अवस्था आएमा सबै आफ्नो बाटो लाग्छन्,‘पहुँच र शक्तीको आधारमा लाग्नेको संख्याले निर्णायक भूमिका खेल्न सक्छ’ नेकपाका एक नेताले भने । जिल्ला कमिटीमा नेपाल पक्षको १५ जना र पूर्व माओवादीको ३९ जना रहेका छन् । दुई जना पूर्व माओवादी ओली लाइनमा देखिने सम्भावना छ भने केही निस्कृय बस्ने अवस्था समेत रहेको छ ।

जिल्लास्तरमा हुने राजनीतिक नियुक्ती, पदीय जिम्मेबारी, विभिन्न अफरहरुले समेत दायाँबायाँ हुने सम्भावना पनि उत्तिकै छ । संसद विघटनको घोषणा लगत्तै स्थानीयतस्रका नेताहरुलाई सम्पर्क गर्न सुरु गरिएको छ । नेकपाको स्थानीय तहमा समेत अंकगणित सुरु भएको छ ।

बेनी नगरपालिका कमिटिका अध्यक्ष शेरबहादुर केसी र सचिव राजकुमार थापा प्रचण्ड–नेपाल समुहमा छन्। रघुगंगामा अध्यक्ष दिपक कार्की समेत नेपाल निकट भएपनि अहिले खुलेका छैनन् भने सचिव हरि भण्डारी प्रचण्ड निकट हुन् । कार्कीले पार्टी विभाजनको विपक्षमा उभिएपनि उनको हिमचिम नेपाल पक्षसँगै छ ।

त्यस्तै मंगलाका अध्यक्ष प्रेमप्रसाद रेग्मी, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा,धवलागिरिका अध्यक्ष खुमनाथ सुवेदी, अन्नपूर्णका अध्यक्ष खड्ग गिरीमा अहिले नै कित्ता क्लियर गर्नेमा धवलागिरीका सुबेदी मात्रै छन्। गर्बुजा गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनका स्वकिय सचिव समेत भइसकेका हुन् भने रेग्मी समेत पुनकै वडाका भएकाले पनि अहिले नै घोषणा गर्न सक्ने अवस्थामा छैन् ।

मंगलाका प्रेमप्रसाद, मालिकाका बेगप्रसादलाई ओली पक्षले तान्न सक्ने प्रयाप्त आधारहरु छन् भने अन्नपूर्णका गिरीलाई प्रचण्ड–नेपाल पक्षले सजिलै आफ्नो पक्षमा लैजान सक्ने विगतमा गतिविधिबाट देखिन्छ । स्थानीय तहका सचिवहरुमा मंगलामा यामबहादुर रोका र मालिकाका गोविन सिउथानी पूर्व माओवादी निकट हुन भने धवलागिरीका देउप्रसाद छन्त्याल कट्टर नेपाल पक्षका हुन् । र, घले कसको पक्षमा लाग्छन् भन्ने दुवै पक्ष अलमलमा छन् ।

छन्त्यालले हतार–हतारमा आइतबार नै धवलागिरीलाई ओलीको कदम बिरुद्ध बोल्न विज्ञप्ती नै जारी समेत गर्न सफल भएका छन् । यता प्रदेश कमिटिमा म्याग्दीबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद विनोद केसी प्रचण्ड–माधव नेपाल समुहमा छन् ।

यसैगरी मुना बानियाँ, टेकबहादुर विक प्रचण्ड–नेपाल समुहमा छन् भने संविधान सभाका सदस्य नवराज शर्मा,सामाजिक विकास मन्त्री नरदेवी पुन, खुमबहादुर बानियाँ ओली निकट हुन् । पछिल्ला समय संविधानसभा सदस्य शर्मा केही कार्यक्रमकमा प्रमुख अतिथिको रुपमा उपस्थितिले समेत अवको ओलीको नयाँ रणनीतिमा जिल्लास्तरमा शर्माको नेतृत्वमा अगाडी बढ्ने सम्भावना धेरै छ ।

बानियाँलाई सुकुम्बासी आयोगमा ओलीपक्षले सिफारिस समेत गरेको छ। सुकुम्बासी आयोगमा कार्यालय सदस्य सुबेदीलाई रोक्न ओली निकटको भूमिकाले समेत प्रदेशबाट बानियाँ ओली लाइनमै देखिने अवस्था छ। प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा ओली निकट हुन् । त्यस्तै पूर्वमन्त्री थममाया थापा पनि ओलीसँगै राष्ट्रपतिसँग पनि राम्रो सम्बन्ध छ।

प्रचण्ड–नेपाल निकटका नेताले जिल्लामा ओली पक्ष कमजोर रहेको बताएपनि ओली निकटले भने तत्कालिन समयमा एमालेलाई ६० र माओवादीलाई ४० प्रतिशतको समिकरणले स्थानीय, जिल्ला र प्रदेश कमिटीमा बहुमत देखिएपनि कार्यकर्ता माझमा पकट रहेको दावी गरेका छन्। ‘सत्ताको लोभमा बसेकाहरु जिल्लामा कमजोर छन्,‘हामीले प्रष्ट शक्ती देखाउनै बाँकी छ’ प्रचण्ड–नेपाल निकटका एक नेताले भने ।

यता ओली निकट नेताले तत्कालिन समयमा एमालेबाट सहभागी भएका माधब नेपाल पक्षका नेताहरु माओवादीसँग मिलेकाले ठूलो फूर्ती गरेको बताएका छन्। ‘पूर्व माओवादीको कित्तामा देखिएका छन्,‘कार्यकताको छाती नाप्ने तागत उनीहरुसँग छैन्,‘पूर्व एमाले कार्यकर्ताहरु उता बस्दैनन,‘पदका लागि बस्नेहरुलाई हामीले कार्यकर्तामाझ नै शक्ती देखाउँछौ’ एक नेताले भने ।

म्याग्दीमा कुनैपनि पक्षले खुलेर आफ्नो पकट दावी गर्न सक्ने अवस्था छैन् । अन्तिम समयमा यताउता हुन सक्ने अवस्था रहेको दुवै पक्षको भनाई छ । ओली निकटले तत्कालिन समयमा नेकपा एमाले र नेकपा माले विभाजन हुँदा जिल्लाका अधिकांस नेताहरु नेकपा मालेमा देखिएपनि कार्यकर्ताको मत नेकपा एमालेमा देखिएको अवस्था जिल्लामा हुने दावी गरेका छन् ।

स्थानीय तहको प्रमुख उपप्रमुख कस्को ?
म्याग्दीका ६ स्थानीय तहमध्ये नेकपा पक्षले जितेको स्थानीय तहका प्रमुख र उपप्रमुख कुन पक्षको भन्ने बहस समेत सुरु भएको छ । नेकपाका वडा अध्यक्ष मध्ये हालसम्म पूर्व माओवादी बाहेक तत्कालिन नेकपा एमालेबाट खुलेको देखिदैन् । तत्कालिन नेकपा एमालेबाट निर्वाचितहरुले अहिले नै कित्ताकाट नगरेपनि पार्टी विभाजनको अवस्थामा खुल्ने अवस्थामा प्रधानमन्त्री ओलीको लाइनमा देखिने सम्भावना रहेको बताइन्छ । स्थानीय तहमा समेत वडा अध्यक्षहरु समेत तानातानमा पर्ने अवस्था छ। अवको स्थानीय तहमा समेत नेकपाका जनप्रतिनिधिहरु विभाजन हुदाँ नेपाली कांग्रेसलाई केही सहज हुने अवस्था छ ।सुर्य चिन्हबाट जितेका वडाका जनप्रतिनिधिको रोजाईले गाउँस्तरमा हुने चुनावी माहोल कसको पक्षमा जान्छ भन्ने निर्धारण गर्नेछ ।

Leave a Reply