म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा तीन रोपनी क्षेत्रफलको चट्टान (जब्रो)मा दुर्गा भगवतिको मन्दिर निर्माण गरिएको छ ।गजुर शैलीमा निर्मांण गरिएको सो मन्दिर समथर फाँटका बीचमा रहेको विशाल जब्रो (टापु)मा निर्माण गरिएको छ ।सो जब्रो तीन रोपनी क्षेत्रफलको रहेको र जब्रोको पुछारदेखि शिरानमा रहेको मन्दिरसम्म पुग्नका लागि पक्की सिंडी सहितको पदमार्ग निर्माण गरिएको छ । मन्दिरको पदमार्गस्थलमा विभिन्न भगवानको मुर्ती राखिएको छ ।मन्दिरको चारैतिर हरियाली फाँट,फाँटको सिरानमा उडाइनो,आप्रे लगाएतका चारवटा आकर्षक झरना,मन्दिरको तलपट्टि म्याग्दी नदी, पूर्वतर्फ बेनी बजार स्पष्टरुपमा देख्न सकिन्छ । बेनी,हाँडेभीर,बरंजा मोटरबाटोको नजिकै रहेको सो मन्दिरसम्म पुग्नका लागि मोटरबाटोदेखि जब्रोको पुछारसम्म र त्यहाँदेखि माथि उपल्लो फाँटसम्म पुग्ने पदमार्ग निर्माणले थप सहज हुने अपेक्षा गरिएको छ । मन्दिर निर्माणसंगै बगरफाँट गाउँको सुन्दरतामा समेत थप टेवा पुगेको छ । कुल १५ लाख,८१ ह्जार ४ सय ६४ रुपैयाँको लागतमा निर्माण भएको हो । मन्दिर निर्माण र व्यवस्थापनका लागि सरकारी निकाय र देश विदेशमा रहेका विभिन्न व्यक्तिहरुबाट गरी कुल १८ लाख ५० हजार संकलन गरिएकोमा करिब १६ लाखको खर्चमा भएको समितिका संयोजक नारायण कार्कीले बताए ।

Leave a Reply