दरबाङमा आँखा उपचार केन्द्र सञ्चालन, उपचार गर्न बेनी धाउनुपर्ने बाध्यता हट्यो

0
430

मालिका गाँपालिकाकोे दरबाङमा सुविधासम्पन्न आँखा उपचार केन्द्र सञ्चालन गरिने भएको छ । आँखाको समस्यामा परेका बिरामीलाई सेवा दिने उद्देश्यले मंगलबारदेखि सेवा सञ्चालन गरिने नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका उपकोषाध्यक्ष मोतिराज गौतमले बताए।

‘आँखा चेकजाँचका लागि अव बेनी जानुपदैन्,‘समान्यदेखि जटिल समस्याको उपचार दरबाङमै हुन्छ’ गौतमले भने । रेड्क्रस सोसाइटी म्याग्दी शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको केन्द्रबाट आँखा सम्बन्धि विभिन्न समस्याको उपचारका साथै आवश्यकता अनुसार वडास्तरमा समेत शिविर समेत सञ्चालन गर्ने कोषाध्यक्ष गौतमको भनाई छ।

केन्द्रमा सुपथ मुल्यमा चस्मा, औषधी र निशुल्क परामर्श समेत दिइने छ । मालिका गाउँपालिकासँग समन्वय गरी वडास्तरमा आँखा सम्बन्धित सचेतनामुलका कार्यक्रमका साथै गुणस्तरीय सेवाका लागि उपकरण समेत थप्दै जाने केन्द्रले जनाएको छ।

‘सामान्य समस्या हुदाँ पनि बेनीसम्म जानुपर्ने बाध्यता थियो,‘अब सहज भएको छ,‘उपचारका लागि बेनी धााउनुपर्ने बाध्यता हट्यो’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन् । केन्द्र विहान १० बजेदेखि ३ बजेसम्म नियमित र आकस्मिक सेवा २४ घण्टै सञ्चालन गरिने छ । केन्द्रमा दर्ता शुल्क ५० रुपैयाँ तोकिएको छ भने जेष्ठ नागरिकलाई निशुल्क सेवा दिइने केन्द्रले जनाएको छ ।

सेवा केन्द्रले मंगला, मालिका र धवलागिरी गाउँपालिकाका साथै छिमेकी बागलुङको पश्चिम क्षेत्रका जनतालाई सहज हुने छ । सदरमुकाम बेनीमा बेनी अस्पताल, रेडक्रस सोसाईटी र हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक नेपाल नेत्र ज्योती संघको आँखा उपचार केन्द्र रहेको छ ।